Skip to content

मोहन संग्राम

होस गर यो बताससँग

होस गर यो बताससँग बिष मिलेको छ
तिम्रो स्वप्न ध्वस्त गर्ने माचिस मिलेको छ

बिसौ मुर्गाहरू छन तिमी जस्ता ऊसँग
कृष्णजीको उसैलाई आशिष मिलेको छ

MohanSangram

एकान्तमा मिठामिठा रहर

एकान्तमा मिठामिठा रहर बनी आउँछौ
अबरोधहरूको एउटै जहर बनी आउँछौ

तिमीभन्दा सुन्दर अरु छैनन यो सृष्टिमा
सबै प्रेमका पुजारीको ठहर बनी आउँछौ