Skip to content

स्व. नित्यनाथ अधिकारी

कृष्ण गङ्गा उत्पत्ति वर्णन

हृदय बिच गुरुको फेरी विश्वनाथलाई ढोगी ।
अनि पछि पृथ्वीमा गण्डकी काली देखी ।।
कसो गरी पृथ्वीमा आएका हुन् भनेर ।
मन मन पहिले फेरी यो विचार गरेर ।।

गोलोकमा पहिले थिईन् ती तुलसी नामकी त एक गोपिनी ।
राधाकृष्ण जी की थिईन् अति प्रिया सारा तिनै गोपिनी ।।
कामाशक्त भएर कृष्ण नजिकै बस्दा उसै बिचमाहाँ ।
राधाको जब दृष्टी पात हुन गयो रिसले सरापिन् ताहाँ ।।

NityaNathAdhikari

गङ्गोत्पत्ति वर्णन

गुरु चरण कमलमा शिरलाई नुहाई ।
गणपति शिव,विष्णु देवीलाई रूझाई ।।
सकल भुवन बिचमा सार भएकी ती गङगा ।
पृथ्वी बिच झरेकी लेख्दछु यो प्रसङग ।।

स्वर्ग र पृथ्वीमा र ती पातालमा ।
डुली फिरी हिँड्दामा फेरी त्यस ठाउँमा ।।
घुमीकन ऋषी नारद त्यही लोकमा पुगेका ।
श्रुती गण ति सबैको अङगहिन भई गलेका ।।

त्रिशुलीको उत्पति वर्णन

ब्रह्मा,बिष्णु,सरस्वती मिली,शक्ति गणेशले पनि ।
सप्तर्षिहरुले र व्यास मुनिले मङ्गल गरुन् यो भनि।।

जन्मै श्री त्रिशुलीजिको भुवनमा देखाउनाको मन ।
हुँदामा मैले विचार गरी लियाँ त्यो अव्धिको मन्थन ।।

देवता दानवले मिली कन त्यहाँ , सल्लाह गर्दा भए ।
पहिले गई कन बासुकीसँग पनि , त्यो बिन्ती गर्दा भए।।

मन्दलाई मदानी पारी कन ता मथ्नुपरेको हुँदा ।
नेती भईकन बस्नलाई त भने कल्याण सबैको हुँदा ।।

मन्दलाई घुमाउँदा सकलले त्यो सागरैमा तब ।
जोड पर्दा त्यहिँ फिर निस्कन गयो त्यो कालकुटै जब ।।

डाहले गर्दा सदाशिवजीको गर्दा भए चिन्तन ।
पाई श्री गिरिजाजिको अनुमती गर्दा भए भक्षण ।।