Skip to content

मिलन एस.डि.“गुरु”

जीवन एउटै भए पनि …..

जीवन एउटै भए पनि हजारौ मोड आईदिन्छ
कहिले हर्षका दिन त कहिले रोदनको क्षण ल्याउछ
कहिले साथीको अंगोलोले भरिएको माया पाईन्छ
त कहिले ह्दय टुकरयाउने तृस्कारको बाणी खाइन्छ

समय एउटै भए पनि हजारौ क्षण लिएर आईदिन्छ
कहिले अपरिचितलाई पनि कदम कदमको साथी बनाईदिन्छ
कहिले चन्द्र र सुर्य जस्तो समोहीत स्वरुप सजाईदिन्छ
त कहिले ह्दय टुक्रयाई आखामा नअड्ने आसु बनाईदिन्छ

रात एउटै भए पनि कहिले सुन्दर सपना लिएर आईदिन्छ
कहिले माया पिरती बोकी नविर्सने कोसेली भैदिन्छ
कहिले दुखित ह्दय विसाउने चौतारी झै बनिदिन्छ
त कहिले दुई आत्मालाई विछोड बनाउने वैरी भइदिन्छ

जीत नेपाल र नेपालीको…

भुकम्पको पराकम्पले त्रसित मनहरु लिएर
सुर्य चन्द्रको बनोट नेपाली झण्डा मुनि
नेपाल र नेपालीको स्वभिमान अनि पहिचानलाई
फुटवल खेलको मैदानमा प्रतिशपर्दि बनेर उभिए
विशाल भारतको सामु भारतकै भुमीमा
झिनो जितको आशा बोकेर
अन्नतः नेपाल र नेपालीलाई जिताई छाडे

भारतीय नाकाबन्दिबाट चुडिएका मनहरु लिएर
भारतीय बिरुद्धको एक खेल खेल्न
भारतीय मैदानमा भारतीय जन्ताको हुटिग विरुद्ध
नेपाल र नेपाली स्वाभिमानको विजय गराउन
पराजित मनोवलमा एक झिनो आशा बोकेर
१०० मिनेटको अन्तिम क्षण सम्म संघर्ष गरिरहे
अन्नतः नेपाल र नेपालीको जीत हासिल गराई छाडे

बधाई छ ति पाईलाहरुलाई

MilanSDGuru-02

वहतर वैशाख

समय उही, दिन उही साल त फरक भो
बहतरको सुरुवात देशकै निम्ति घाटा भो
दशै हजार ज्यान लिने वहतर वैशाख
पल भरमै ढले धरोहर सारा बनेर राख

घर ढले, मन्दिर ढले, ढले धराहरा
देशको मुटु राजधानी बने वेसहारा
शवले भरिए आर्यघट मलामी डराए
भुई चल्न थाले हजुर प्रकृति रिसाए

Milan

छिया छिया भो मुटु कहिलै नजोडने गरि

आफन्तवाट चोट पाए कहिलै नविर्सने गरि
छिया छिया भयो मुटु कहिलै नजोडने गरि
ह्दयमा फुटयो आसुको मुहान अँसु आखा भरि
जाउ म काहा चोट बोकी बाचौं कसो गरि ?

जिउने साथी बनाए जीवनमा उनलाई विस्वासगरि
मायाको साटो दिएर गईन जलन ह्दय भरि
काहा गायौ प्रिय आज मलाई एकलै छोडी ?
हुन्छ हुन्न अव हाम्रो भेट कहिलै फेरी

समझनामा आउछ अझै मलाई सताउन
हात समाई लैजान्छ चौतारीमा डुलाउन
उनी साहारा बन्न खोज्छ सपना भरि
सपना सम्झी मन रुन्छ आसु आखाभरि

चोखो माया थियो हाम्रो अटल विस्वास
जिवन दुई भए पनि एउटै थियो प्राणरुपी स्वास
प्राण विनाको प्रेम आज भएको छ वेवारीसे लास