Skip to content

जीवन एउटै भए पनि …..

जीवन एउटै भए पनि हजारौ मोड आईदिन्छ
कहिले हर्षका दिन त कहिले रोदनको क्षण ल्याउछ
कहिले साथीको अंगोलोले भरिएको माया पाईन्छ
त कहिले ह्दय टुकरयाउने तृस्कारको बाणी खाइन्छ

समय एउटै भए पनि हजारौ क्षण लिएर आईदिन्छ
कहिले अपरिचितलाई पनि कदम कदमको साथी बनाईदिन्छ
कहिले चन्द्र र सुर्य जस्तो समोहीत स्वरुप सजाईदिन्छ
त कहिले ह्दय टुक्रयाई आखामा नअड्ने आसु बनाईदिन्छ

रात एउटै भए पनि कहिले सुन्दर सपना लिएर आईदिन्छ
कहिले माया पिरती बोकी नविर्सने कोसेली भैदिन्छ
कहिले दुखित ह्दय विसाउने चौतारी झै बनिदिन्छ
त कहिले दुई आत्मालाई विछोड बनाउने वैरी भइदिन्छ

सत्य एउटै भए पनि हजारौ सुनाई र बुझाई बनाईदिन्छ
कहिले प्रेम दुई आत्माको मिलन भईदिन्छ
कहिले प्रेम समय विचको एक कहानी भईदिन्छ
त कहिले प्रेम ह्दयमाथी बोझ थोपार्ने निसानी भईदिन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *