अर्जुन खत्री फडिन्द्र
यादहरू आईरहे
यादहरू आईरहे बारम्बार तिम्रै
मनमा मायाॅ बढिरह्यो अपार तिम्रै
भुलाउन नखोजेको काहाॅ हो र मैले
जिन्दगीले ठानिरह्यो दरकार तिम्रै
काहाॅ देखुॅ काहाॅ भेटुॅ हुॅदा छटपटि
छुन पुगेॅ तस्बिर हतार हतार तिम्रै
भुलाउन मायाॅको अदालतमा धाएॅ
न्याए दिने तिमी तिरै सरकार तिम्रै
भुलाउन नसक्दा मृत्यु शैया रोज्दैछु
रंगमञ्चमा अब जित तिम्रै हार तिम्रै
छ मैले
गरेर केहि, काम तेस्तो, देखाउनु छ मैले
स्वर्णिम, अक्षरमा नाम, लेखाउनु छ मैले
जन्म त भयो, सकल मेरो, गरिब भएर
गर्दै कर्म, गरिबी धार, मेटाउनु छ मैले
फल्नेछ कर्मले,फुल्नेछ पसिना,को गन्धले
फोर्दै पहाड, फल्ने गह्रा, बनाउनु छ मैले
हुनेछ मुस्किल, तर यस्तो, राख्दछु उदेश्य
उडेर जुन, एकदिन, भेटाउनु छ मैले
बेचिएर हो कि, लुटिएर हो, देश रुदैछ
जोगाएर, छातिमा देश, अटाउनु छ मैले
गजलहरू
1.
दशै मान्नु,तिहार मान्नु,मलाई सम्झिएर
मन खासै न-दुखाउनु, मलाई सम्झिएर
हिन्दुहरूको दशै,तिहार, महान चाड हो
नवमी दिन मार हान्नु, मलाई सम्झिएर
टिका लगाई निधारमा ,मिठो चिल्लो खाएस्
मिठै उसले खायो ठान्नु, मलाई सम्झिएर
केहि किनी लाउनु आमा, छु पैसा पठाएको
फरिया, चोलि राम्रा छान्नु, मलाई सम्झिएर
ए साथिहरू हो! लिङ्गे पिङ लगाई खेल्न
बाबियो बाटि लठ्ठा तान्नु, मलाई सम्झिएर।।
2.
आयो पथ्थर सिसालाई उपहार, कस्तो अनौठो कुरा।
उस्तै पथ्थर देखाउछ व्यबहार, कस्तो अनौठो कुरा।
जस्तो जसको छ गुण ऊस्तै देखाउछ स्वभाव पनि,
चाहे त्यो होस उपहार या प्रहार, कस्तो अनौठो कुरा।
तिमीलाई दिईसके
मेरो मन र मेरो तन तिमी□□□लाई दिईसके
चोखो प्यार मिठो बचन तिमी लाई दिईसके
जलाउ कि ढलाईदेउ□□□अधिकार तिम्रो नै
मायाको यो हरियो बन तिमी□लाई दिईसके
छिनाल्न मुस्किल छ एकल त्यो प्रयासमा त
पिरतिको दह्रो बन्धन तिमी□□लाई दिईसके
सम्हालि राख्नु है तिमीलाई उपहार मेरो भो
बहार र तृष्णा चमन तिमी□□लाई दिईसके
छोडेर कहा जाउ र म मेरो केही छैन याहा
धर्ति अनि निलो गगन तिमी लाई दिईसके
अर्जुन खत्री ‘The Rude Boy’
