Skip to content

शरद प्रधान

पानी मुनी विवाहः प्रेम र रोमान्सका प्रतिक

विश्वका २८ वटा मुलुकहरूवाट प्रतिनीधित्व गरी आएका ३० यूगल जोडीहरूले यस वर्ष भेलाइनटेन डे को दिन समुद्रको १० मीटर गहिराई भित्र औपचारिक रुपमा विवाह दर्ता गरी विश्वमा नै एउटा नयाँ कीर्तिमान कायम गरे । थाईल्याण्डको दक्षिणभागमा रहेको त्राङ्ग भन्ने ठाउमा सम्पन्न उक्त विवाह संसारकै सबैभन्दा बढी जोडीहरूले पानी मुनी विवाह गरेकोरुपमा गिनीस बुक अफ रिकर्डमा पनि दर्ता हुने छ ।

धुलीखेलको पिकनिक: एक शब्द चित्र

कोही नाँचे कोही हाँसे
कोही वनै थरकाउने गरी भाषण छाटे
कोही कापे कोही रापे
कोही आफैलाई छाडी सबैलाई व्यङात्मक चित्रण छाडे।

मान्छेलाइ बाच्नै गाह्रो भो

मान्छेलाइ बाच्नै गाह्रो भो काठमान्डौमा
दिन भरि हाकिमको डर
रात भरि मापसेको
अपहरणको त्रासले माडवाडीलाइ चुसेको
भोकको संत्रासले हडतालमा पेलिएको मजदुरलाइ सताएको
लाइन लाग्दा लाग्दै बित्छ आधा जिन्दगी
कहिले खाना नपाइने डरले ग्यासको लाइनमा
कहिले गुड्न नपाइने डरले पेट्रोलको लाइनमा
हाकिमको ‘हुन्छ’ र ‘भइहाल्छ’ बाट आजित जनता
आजकल आफ्नै देश र भाग्यलाइ सरापदै हिडछ रत्नपार्कमा
गणतंत्र, क्रान्ति र अधिकारका हुकार दिनेहरु
गरिब हुनुको पीडा कतारमा मासु पाक्ने गर्मिमा काम गर्नेलाइ सोध
लाचार हुनुको पीडा मुम्बैमा शरिर बेच्नेलाइ सोध
निरिह हुनुको पीडा भारतको गल्लि गल्लिमा दरवान काम गर्नेलाइ सोध

बन्दबाट पराजित हामी

बन्दबाट पराजित हामी
सबै समस्याको हल बन्दमा
खोज्छौ
बन्दबाटै बन्दको राजनिति गर्छौ
अनि बन्द नगर्ने झुठो आश्वसन
बाडछौ
हामी दङ्ग पर्छौ भित्ता भरि
बन्द नगर्ने प्रतिबद्ता देखेर
तर आफै छक्कै पर्छौ फेरि बन्द भएको देखेर
अनि सराप छौ सबैलाइ
देवी देवता भाकेर
आफ्नै पुरपुरो समाएर
धिकार छौ आफैलाइ
आफ्नु नपुषंकतामा,
आफ्नै अकर्मयतामा
फेरि बन्द हुन्छ अनि हामी
लुखुर लुखुर
भेडा बाख्रा झै आफ्नो गन्तव्य
तिर लाग्छौ
भोलि बन्द नहुने सपना साचेर।

किन रोकियो गति मेरो कलमको

किन रोकियो गति मेरो कलमको
— शरद प्रधान

Between the conception

And the creation

Between the emotion

And the response

Fall the shadow

Life is very long.

-T.S. Eliot

किन रोकियो गति मेरो कलमको
याद छैन मलाई त ।
सायद तिमिलाई पनि थाहा छैन होला ?
असंख्य दिनहरु विताई सकेको यो जिन्दगी भित्र
किनहो अनायस मेरो यात्रामा अवरोध उत्रिए
मलाई त थाहा छैन मेरो अन्तरंगको मर्महरु
सायद “म” आफैलाई एक्लो छु जस्तो लाग्छ होला,
आउछ तर असंख्य भावनाहरु हाम फाल्दै “म” संग
प्रत्येक वेलुकी खेल्न लुकामारी
एक्लो पनको आभाासले त हैन मेरा हातहरु
केहि कोर्न मान्दैनन् मेरो हृदयभित्र भावना भएपनि ।

सम्झनाको तरेलीमा पारिजात दिदी

केही दिन अघि मात्र मेरो झण्डै दुई दशकको पत्रकारिता जीवनमा मैले साक्षात्कार गरी जीवनी लेखेका साहित्यकारहरूको नामावली सोचिरहेको थिएँ । धेरै साहित्यकारहरू त दिवंगत भइसक्नु भएकाले अब को चाहिं बाँचिरहेका होलान् भनेर घोत्लिरहेको थिएँ । रमेस विकल अब रहेनन् भनेर फेसबुकमा एक पत्रकार बहिनीले लेखेको पढेपछि मेरो नामावलीमा एक नाम थपियो भनेर मनमा चिसो पस्यो । बिगत केही महिना अघि मात्र कवि ईश्वर वल्लभको निधनले दिवंगत हुनेहरूको नामावलि लम्बिएको महशुस गरेको थिएँ । अब त धेरै साहित्यकारहरू केवल संझनाको तरेलीमा मात्र बाँकि रहे ।