Skip to content

वसन्त श्रेष्ठ

BasantaShrestha-02

कविता अनि कविता र फेरि कविता

कविता जीवन न हो
त्यसमा हाँसो हुन्छ
त्यसमा रोदन हुन्छ
त्यसमा प्रेम हुन्छ
त्यसमा मिलन हुन्छ
अनि बिछोड हुन्छ
सबै कविता मिठा हुन्छन
तर यथार्थमा
आम मान्छेको बोली बोल्ने
खुल्ला आकास समेट्न सक्ने कविता
झन् मिठा हुन्छन !!!

20160312_BasantaShrestha-Lekh

“अमेरिकामा आमा” उपन्यास एक दृष्टि

भारती गौतम नेपाली साहित्यिक आकाशमा कुनै नौलो नाम होइन । उनका “आकाश माथिको शहर” कविता संग्रह (ई.सं.२००७) र “स्मृतिमा भिमु” संस्मरणनात्मक निबन्ध संग्रह (ई.सं. २०१०) अत्यधिक चर्चामा आउन सफल पुस्तकहरू हुन् ।

उनको नविनतम कृति “अमेरिकामा आमा” लेखिकाको सौहार्द्तामा र साहित्यकार मित्र गोविन्द गिरी प्रेरणाको सौजन्यतामा पढ्ने अवसर प्राप्त गरें ।