अलिकति शान्तिको नाममा
तिमी ठुलाठुला क्रान्ति मच्चाउछौ
अधिकार पायने तिम्रो झुटो आश्वासनमा
अरुको अधिकार खोस्छौ
कसैलाई बचायने ध्याउन्नमा
हजारैलाई बली चढाएछौ
यो तिम्रो कस्तो सुरुवात हो
जहाँ मान्छेको शीर काट्छौ
र ढुङ्गामा बली चढाउछौ
मान्छेको टाउको फोर्छौ
अनि मूर्तिको खुट्टा ढाक्छौ ।
“यस रिअली गुडवाई” काठमाडौं
म जाँदैछु तिमीबाट टाढा
तिम्रो स्मृतिबाट दूर
मेरो जन्म भूमिमा, मेरो कर्म भूमिमा
जसरी फर्किन्छ गौथली लाखैमाईल काटेर
जसरी फर्किन्छ हावा सुन्दर सपना बोकेर ।