Skip to content

जयदीप मगर

चन्द्रमाको स्वरुप

प्रियसी,
गहिरो सम्झना
वसन्तको आगमनसँगै
हरेक बिरुवामा पालुवा पलाउँछ
खहरे अनि ती उजाड लाग्दा
ती निश्छल पहाडहरूलाई
हरियालीले सजाइदिन्छ

युद्धका अवशेषहरू

युद्ध त सम्झैतामा टुङ्गिसक्यो
नेताको कुर्सी सुरक्षित भइसक्यो
मान, सम्मान पाइसक्यो पद पाइसक्यो
तर युद्धका अवशेषहरू अँझैनी बाँकी नै छन् ।

गरिबको झुपडी जलिरहेको छ
अँझैनी विध्वंसको ज्वालाले
निमुखाको पसिनामा रमाइरहेका छन्
संवेदनाहिन ती सत्तामा पुग्नेले ।

विरुपको वसन्त

वसन्त आयो भन्छन्
तर खै काफल त पाकेन
कोईली गाउँछ भन्थ्यो
तर खोई कोइली पनि देखिन ।

रङ्गी चङ्गी फुलहरू फुल्थ्यो
अनि धर्ती मगमगाउथ्यो
भमरा पनि देखिन्थ्यो
तर आज
फूल त के कोपिला पनि देखिन

JayaDipMagar

अलिकति शान्तिको नाममा

अलिकति शान्तिको नाममा
तिमी ठुलाठुला क्रान्ति मच्चाउछौ
अधिकार पायने तिम्रो झुटो आश्वासनमा
अरुको अधिकार खोस्छौ
कसैलाई बचायने ध्याउन्नमा
हजारैलाई बली चढाएछौ
यो तिम्रो कस्तो सुरुवात हो
जहाँ मान्छेको शीर काट्छौ
र ढुङ्गामा बली चढाउछौ
मान्छेको टाउको फोर्छौ
अनि मूर्तिको खुट्टा ढाक्छौ ।

गुडवाई काठमाडौं

“यस रिअली गुडवाई” काठमाडौं
म जाँदैछु तिमीबाट टाढा
तिम्रो स्मृतिबाट दूर
मेरो जन्म भूमिमा, मेरो कर्म भूमिमा
जसरी फर्किन्छ गौथली लाखैमाईल काटेर
जसरी फर्किन्छ हावा सुन्दर सपना बोकेर ।