Skip to content

संगीता प्रियम्बदा लुइँटेल

SangeetaPriyambadaLuitel

प्रकृति

विश्वको सुन्दर सपना बोक्ने हामी ती आत्मा हौँ
जागेर हामी विश्वलाई नै आश्चर्य पारिदिऊँ
मङ्गल गीत गाउँ न हामी सबैका हितमा
निरोगी बाँचुन् जीवात्मा सब सबैका प्रीतमा ।

कसैले पनि नपाउन् दुःख पृथ्वी भरिमा
सुखले बाँचुन् यो जगतभित्र यसमै छ गरिमा
कल्याण गरौँ सक्दो सबको नगरौँ तिरस्कार
नत्र नन्म हुने छ हाम्रो त्यसै नै बेक्कार ।