Skip to content

टीका ढुङ्गेल ‘रटन’

अभागीका मुक्तकहरू भाग्यमानीको हातमा

पिता कलाधर रिजाल, माता नन्दकला रिजालको छोरा सदान्द रिजाल १५ मार्च १९४७ पर्वत जिल्ला शंकर पोखरी गा. वि. सं. नुवार भन्ने ठाउँमा जन्म भएको हो। विक्रम सम्वत् २०१२ सालदखि साहित्य सृर्जना कार्यमा लाग्नुभएको आज पर्यन्त धेरै कृतिहरू पस्कन सफल हुनुभयो। तर एउटा कुरा भन्न कर लाग्यो नामको पछि टाइटल अभागी किन लेख्नुभयो लेखकलाई प्रश्न ? उहाँको कृतिहरू स्तरीय उच्च स्थानमा हेर्न सकिन्छ सफल साहित्यकारको टाइटल आभागी कसरी भयो। उहाँ त भाग्यमानी हुनुहुन्छ हामी दुलियाजानमा भेट भएको समयमा कृति साटासाट गरेका थियौं।