Skip to content

कमला कुँवर

KamalaKunwar

थाम्नै गाह्रो हुँदो

थाम्नै गाह्रो हुँदो हजुर पिर जिन्दगीको
चढ्नै गाह्रो हुँदो हजुर भिर जिन्दगीको

एउटा हातले अर्को हातलाई साथ नदियो भने
कहाँ टोड्न सक्छु हजुर जन्जीर जिन्दगीको

समयसँगैको यात्रामा मेरो पत्रकारिता

पढाइसँगै रोजगारीका रुपमा सुरुवात भएको मेरो पत्रकारिता अहिले बलियो भएको मलाई महशुस भएको छ । जब म स्नातक तहको पढाइका लागि भनेर घरबाट सदरमुखामतिर झरे जीवन कष्ठकर हुदै जान थाल्यो । सुरुमा पढाइ खर्चमा अलि सहज होला भनेर पत्रकारिता पेशाको सुरुवात गरियो । त्यसपछि पेशाप्रति मेरो आकर्षण बढ्यो । आजभोलि म पेशाप्रति नजिक छु ।