१)
बगेको पानीको आकार हुने भए
देखेको सपना सबै साकार हुने भए
म पनि धेरै धनी भैसक्थें होला
यदि तिम्रो यादहरूको व्यापार हुने भए
२)
हाँस्नु अनि हँसाउनु यही हो जिन्दगी
बाँच्नु अनि बचाउँनु यही हो जिन्दगी
जन्मेपछि संसारमा खुलेर जिउनु,
हाँसीखुसी मनाउनु यही हो जिन्दगी ।
