विना तामाङको ‘रातो घर’ लोकार्पित
यही २०७२ साल भाद्र २५ गते शुक्रबार तमू बौद्ध सेवा समितिको सभाहल अनामनगरमा एक कार्यक्रमका बीच “रातोघर” जन्मेको छ यानिकी “रातोघर” नामक कृतिको लोकार्पण भएको छ ।
भदौरे झरीसँगै कवि विना तामाङ ‘सुनगाभा’ले कविता संग्रह ल्याएकी छन्, भने यो उनको दोस्रो सन्तानको रुपमा लिएको हो । केही वर्षअघि कथा संग्रह ‘छुकी’ ल्याएकी उनको यो भने पहिलो कविता संग्रह हो।

