Skip to content

दोषबिहीन टुहुरी

फर्केर आएँ सम्झिएर

फर्केर आएँ सम्झिएर तिमीलाई
तिम्ले सम्झनाको दियो बालिछौ संघारमा

थाहा थ्यो तिम्ले सधैं सधैं सम्झिएकी छौ
मेरो मनको मझेरीमा बास बस्ने तिमीनै हौ
खोलेर ओठ तिमी मुस्काइदेऊ मेरोसामु
अभावमा कति रोयौ हृदय तिम्रो नापुँ

अल्झिरहे यी आँखा

अल्झिरहे यी आँखा तिम्रो तस्बिरमा
बल्झिरह्यो त्यो व्यथा तिम्रो सम्झनामा
कथा छ तिम्रो मेरो पिरतीको
सम्झना अँझै आउछ सधै सधै साँझमा