Skip to content

अल्झिरहे यी आँखा


अल्झिरहे यी आँखा तिम्रो तस्बिरमा
बल्झिरह्यो त्यो व्यथा तिम्रो सम्झनामा
कथा छ तिम्रो मेरो पिरतीको
सम्झना अँझै आउछ सधै सधै साँझमा

मिठा मिठा सपना नौला नौला रहर
कतै नाता टुट्ला भन्ने सारै लाग्थ्यो डर
आखिरमा यस्तै भयो हारे म हारे
व्यथा छ तिम्रो मेरो पिरतीको
सम्झना अँझै आउछ सधै सधै साँझमा

धेरै धेरै तपस्या थियो नछुटिने वाचा
के भुल भयो हामीबिचमा किन भयौ टाढा
एक्लो जीवन आशु बनी खस्यो सधै खस्यो
घाउ छ तिम्रो मेरो पिरतीको
सम्झना अँझै आउछ सधै सधै साँझमा

दोषबिहीन टुहुरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *