एउटा सानो बालक जो मनको सफा छ
स्वच्छ विचारमा पनि लाग्दैन उसमा केही कमि छ
ऊ हरेक कुरामा ज्ञानले पूर्ण हुन चाहन्छ
तसर्थ ऊ पुरा ध्यान लाएर सोचिरहन्छ
तर सायद त्यसैले गर्दा समाजले उसलाई
मन्द बुद्धि बालक भनेर बोलाउँछ
जगतभर रहेको जैविक र अजैविक तत्व नै हो प्रकृति
छन् सारा प्राणी, रुख, वृक्ष अनि वनस्पति
उपलब्ध छन् यहाँ अपार जलस्रोत, वनजङ्गल, हिमशृङ्खला आदि
तसर्थ यस जगतको सौन्दर्य हो प्रकृति ।।
नेपाल हाम्रो साझा फुलबारी हामी नेपाली सयौंमा थरी
अनेक रङ्ग विरङ्ग भएकै सौन्दर्य भर्ने भाव हो एउटै
अनेकतामा एकता ल्याउने शान्त र सभ्य देश बनाउने
दाजु र भाइ, दिदी र बहिनी एउटै परिवार हामी नेपाली
सुन्दर र शान्त हाम्रो यो देश, हाम्रो नेपाल हाम्रो छहारी ।
खान हैन खुवाउन, बाँच्न हैन बचाउन
निस्वार्थ भावलिई सधैभ खटिरहन्छ किसान
भोक प्यास नभनी दिनभर खट्दछ घाममा
अनि आफ्नो भोको पेट टार्दछ रातको एक छाकमा
दिन होस् या रात, ऊ खटिरहन्छ
चाहदैन उसको शरीरले एकैछिन विश्राम
आफ्नो भर नभएनी जनताको पेट भर्न
सधैभ तत्पर रहन्छ र त्यो मात्र हो किसान ।