नेपाल हाम्रो साझा फुलबारी हामी नेपाली सयौंमा थरी
अनेक रङ्ग विरङ्ग भएकै सौन्दर्य भर्ने भाव हो एउटै
अनेकतामा एकता ल्याउने शान्त र सभ्य देश बनाउने
दाजु र भाइ, दिदी र बहिनी एउटै परिवार हामी नेपाली
सुन्दर र शान्त हाम्रो यो देश, हाम्रो नेपाल हाम्रो छहारी ।
हिमशृङ्खलामा टिपटिप गर्दै
पाखा पखेरामा सलल बग्दै
कत्तिमा राम्रो हिमचुली यो, हिउँ छर्दछ
सेता लहरे दात देखाई अचल बस्दै
खहरे खोला उर्लिदो होला
खेतमा चढि दौडिदो होला
धानका बाला पहेली फुल्छन्
चिसो बतासमा सरर्र झुल्छन्
किसान तिम्रो मिहेनत देखी,
गरिरहेझै सुनको खेती
दिन तिमीलाई यहीँ आभास
झलल बल्छन् तराईका खेत ।
कोइली र न्याउली भाकामा गाउछन्
झर्नाले छङछङ सारङ्गी रेट्छन्
धोलकको तालमा बादल गर्जन्छन्
पवित्र रुपि गङ्गा वर्षन्छन्
वन पाखामा मुजुरहरू
प्वाख फिजाई छमछम नाच्छन् ।
अत्यन्त प्यारो अत्यन्त सुन्दर,हाम्रो नेपाल
रमण गर्छु म हर साँझ बिहान
अन्यत, फेदि अनि पहाड्का ढुङ्गे र माटाको घरमा
नेपाली संस्कृत नियाल्दै मनोरम वास बिताउन
लेक अनि बेँसीको चिसो बतासमा
नागबेलीको सफर गर्दै मनको भार फुकाउन ।
असल कर्म गरेका होलाऊ
तसर्थ आज स्वर्गरुपि सौन्दर्य सम्पन्न भूमिमा जन्म पायौ
कति भाग्यमानी हामी नेपाली
हिड्ने गरौ, सधैँ देशको शिर उचाली
प्रकृतिले दिएको यो अवसर कहीं कतै खेर नफालौ
सुखी बनौ सम्पन्न बनाऔं
हामी नेपाली हाम्रो नेपाल ।
नाम- प्रज्वल प्रसाईं
कक्षा-११
ठेगाना- रतुवामाई मरङ्ग
