Skip to content

अपरिहार्य छ है उपकारी किसान

PrajjwalPrasai


खान हैन खुवाउन, बाँच्न हैन बचाउन
निस्वार्थ भावलिई सधैभ खटिरहन्छ किसान
भोक प्यास नभनी दिनभर खट्दछ घाममा
अनि आफ्नो भोको पेट टार्दछ रातको एक छाकमा
दिन होस् या रात, ऊ खटिरहन्छ
चाहदैन उसको शरीरले एकैछिन विश्राम
आफ्नो भर नभएनी जनताको पेट भर्न
सधैभ तत्पर रहन्छ र त्यो मात्र हो किसान ।

उपकारी छ, झुकिरहन्छ निरन्तर
त्यसैले नै हैन हामी उसलाई नै गर्छौ तिरस्कार
किसान सुन्दा खेती, पाती, हिलो, मैलो सम्झन्छ हाम्रो मनले
केही धन कमाउँदा नै गरीब ठान्छौ उसलाई हामीले
तर दयामाया हैन छिछीदुरदुर गर्छ हाम्रो तनले
हाम्रै निम्ति श्रममानै आफ्नो जीवन व्यतित गर्ने
श्रमिकको श्रम नदेख्ने हाम्रो यो मन
घेरिएको छ मिहेनत बिना कमाएको त्यस पापी धनले ।

के सुख के दुख, के हासो के रोदन
त्यही खेतको हिलो र माटोसँगै रमाउँछ किसान
मन हुनेले दिईहाल्छन् नि भनी आफूपनि मौन बस्छ
यो समाजमा त चलन् नै छ हैन र
चुप लाग्नेतिर त सरोकारवालाको पनि ध्यान किन जाने र
पुगि सरी भएसम्म यो अधर्मी समाजमा यहीँ नै चलिरहन्छ
कुविचार नहटेसम्म सबैको घरमा पापको दियो नै बलिरहन्छ ।

धनको हैन मनको कमिले
अहंकार भरी फुलिएका सबैलाई
एकदिन बेस्सरी निचोर्ने छ भोकमरीले
भोकभोकै मर्नुपर्दा, पापी धन पनि काम नआउँदा
अनि मात्र तुलना गर्नेछन् किसानको महत्व सबैले
बेलैमा सोचौ है
नत्र छाड्नु पर्ला पछिल्ला पुस्ताकालागि
यहीँ सन्देश र निसान
तसर्थ अपरिहार्य छ है उपकारी किसान ।

#नाम-प्रज्वल प्रसाई
#कक्षा-११
#रतुवामाइ-मोरङ्ग

Leave a Reply

Your email address will not be published. Required fields are marked *