Skip to content

विजयराज पन्त

BijayRajPanta

छुवाछुतः अभ्यास, विरोधाभास र मौन अनुसरण

छुवाछुतलाई कानूनी अपराध र गलत सामाजिक अभ्यासका रुपमा लिन थालिएको वर्षौं भइसक्यो । यस अवधिमा कानूनी र संस्थागत रुपमा निषेधात्मक तथा उपचारात्मक ढंगले छुवाछुत अन्तका प्रयेत्नहरू भए । हिन्दू वर्ण व्यवस्थाद्धारा सृजित सामाजिक अभ्यासका रुपमा रहेको छुवाछुत नेपालको विविधकाल खण्डमा फरक स्वरुपवाट प्रचलित रहयो । शासकीय चासोको रुपमा ऐतिहासिक कालदेखि वर्णवाट जातिमा आधारित स्तरीकरणको स्वरुप वन्यो । जुन कुनै न कुनै रुपमा हालसम्म पनि हाम्रो समाजमा विद्यमान रहेको छ ।