Skip to content

नवराज बुढा "नवीन उदासी"

आयौ तिमी उजाड जीवन

आयौ तिमी उजाड जीवनलाई, रङ्गीन सम्झिएर
सम्हाली राखें मैले पनि जीवन, सङ्गीन सम्झिएर

विवशताको हुरीले छुटाएको छ आज साथ हाम्रो,
अँझै भक्कानिन्छु बिछोडको त्यो, दिन सम्झिएर

NabarajBudha-NabinUdasi

आमाको आँखामा आँसु

आमाको आँखामा आँसु, झारिन्छन कतिञ्जेल ?
बिदेशमा नेपालीहरू सधैं, मारिन्छन कतिञ्जेल ?

पलायन रोकिएन स्वदेशमै रोजगारी भएन भने,
दलालीबाट अँझै अलपत्र, पारिन्छन कतिञ्जेल ?