Skip to content

खेम साम्पाङ राई

माधुर्य ती मिठास

माधुर्य ती मिठाससँगै पिलाइदिऊँ कि तिमीलाई
सिउँदो छोप्ने रातोघुम्टो सिलाइदिऊँ कि तिमीलाई

यो मनको बगैंचामा सजाउन सधैं सधैं
माछीजालमा पारी माया दिलाइदिऊँ कि तिमीलाई

KhemSampangEktappe

ओबामालाई एउटा सन्देश

जर्ज वसिङ्गटनको पाइतालामा उभिएर
आफूलाई शक्तिशाली
झाँक्री ठान्ने अमेरिकीहरू,
सद्दाम, लादेन र गद्धाफीलाई
भोक हालेर मन्साउँदैमा
मन्सेन तालिवान
हटेनन् अलकायदा र आई एसहरू ।