माधुर्य ती मिठाससँगै पिलाइदिऊँ कि तिमीलाई
सिउँदो छोप्ने रातोघुम्टो सिलाइदिऊँ कि तिमीलाई
यो मनको बगैंचामा सजाउन सधैं सधैं
माछीजालमा पारी माया दिलाइदिऊँ कि तिमीलाई
मन, मुटु के भो आज बढिरहन्छ धड्कनहरू
मुटुका ती धड्कनसँगै बिलाइदिऊँ कि तिमीलाई
अजम्बरी नाता गाँसी बाचा कसम खाई अब
जीवनको सारा खुसी मिलाइदिऊँ कि तिमीलाई ।।
एकतप्पा १, इलाम
