Skip to content

सञ्जय भट्टराई

सम्बन्ध

कुनै सम्बन्ध जोडिन्छन्
कुनै टुट्छ्न्
फुट्छ्न् टुक्राटुक्रा भएर,
कतै सिलाइन्छ्न्
फाटेका
टुक्राटुक्रा भएर छरिएका
सम्बन्धका पुर्जाहरू,

तिम्रै लागि बाँचेको मान्छे

माया गर्छु तिमीलाई अति, म त तिम्रैलागि बाँचेको मान्छे,
दुख पीडा मन भित्र लुकाइ, तिम्रै लागि हाँसेको मान्छे ।

कति आए कति गए माया तिमीलाई गर्छु भन्ने,
तर दिल अनि कोमल बैँस तिम्रैलागि साँचेको मान्छे ।

दशै आयो फेरि

कालो बादल फाटेर सुन्दर बिहानी छायो फेरि ।
हर्ष र उमंगको चाड प्यारो दशै आयो फेरि ।।

सनातन धर्म हाम्रो हाम्रो चाड हाम्रो पर्व मनाउन,
जति टाढा रहेपनी आफ्नै गाउँ फर्की आएँ फेरि ।
हर्ष र उमंगको …….