कालो बादल फाटेर सुन्दर बिहानी छायो फेरि ।
हर्ष र उमंगको चाड प्यारो दशै आयो फेरि ।।
सनातन धर्म हाम्रो हाम्रो चाड हाम्रो पर्व मनाउन,
जति टाढा रहेपनी आफ्नै गाउँ फर्की आएँ फेरि ।
हर्ष र उमंगको …….
लहलह धान झुले सुनौला फुल फुले चारैतिर,
आएर हो कि दशै गाउँघरमा चहलपहल सुरु भयो फेरि ।
हर्ष र उमंगको …….
साथीभाइ भेट भई लिङ्गो गाडी बाबियो बाटी,
लिङ्गे पिङ रोटे पिङ मच्चिन थाल्यो गाउँमा फेरि ।
हर्ष र उमंगको …….
आऊ प्रिय फुलपाती जात्रा घुमाउँला तिमीलाइ,
उपहार भनी मायाले रातो चुरा किनिदिउँला फेरि ।
हर्ष र उमंगको …….
आशीर्वाद लिउँला ठुलाबढाको दिउँला आशिष सानालाइ,
ढाका टोपी रातो टीका जमरा लगाइ हिँडौला फेरि ।
हर्ष र उमंगको …….
बचपनका साथीभाइ भेट भई मिठा कुरा गर्दै हाँस्दै,
मनाऔँला बढा दशै दुख पीडा सारा बिर्सी फेरि ।
हर्ष र उमंगको चाड प्यारो दशै आयो फेरि ।।
२०७३ असोज ६ गते बिहीबार,
हाल: लेखनाथ-१२, कास्की,
घर: केशवटार-९, तनहुँ ।
www.twitter.com/ImSan_jay
