Skip to content


कुनै सम्बन्ध जोडिन्छन्
कुनै टुट्छ्न्
फुट्छ्न् टुक्राटुक्रा भएर,
कतै सिलाइन्छ्न्
फाटेका
टुक्राटुक्रा भएर छरिएका
सम्बन्धका पुर्जाहरू,
कतै हाँस्छ्न् नवजोडी
उन्मक्त हुन्छन् नवीन स्पर्शमा
कतै रुन्छ्न् दुई शरीर
एक आत्मा
असह्य पीडा बिछोडको,
कतै
चुडाइन्छ डोरी सम्बन्धको
बनेर धार तरबार
यो समाज,
हेरिन्छ जात, धर्म
हरिन्छ धन, दौलत
अनि बल्ल जोखिन्छ
तौल सम्बन्धको
निश्चल कोमल प्रेम
सुन्दर दुई आत्माको ।

२०७३ फागुन ४ गते
कास्की, नेपाल
www.twitter.com/ImSan_jay

Leave a Reply

Your email address will not be published. Required fields are marked *