Skip to content

निर्मलकुमार भण्डारी

कविता (अनुष्टुप छन्द)

हितको भाव जस्मा छ – त्यही साहित्य हो बुझ,
व्यक्ति समाज वा देश – पार्छ त्यस्ले समुन्नत

विसंगती अनीति या – विकृतिहरुका कुरा
चीर फार गरी हिड्छ – शिष्ट साहित्यको छुरा–

सभ्यता र सुसंस्कार – नीति संस्कृति शिष्टता,
हुन्छ साहित्यमा राम्रो – गुण आदर्श उच्चता

NirmalKumarBhandari

मेरो आँखामा सुदूरपश्चिम

मेरो प्रान्त सुदूरपश्चिम छ यो – सौन्दर्यले शोभित,
भाषा–संस्कृति–सभ्यता–विविधता – साहित्य संरक्षित–
साँच्चै यो छ ,सुदूर औ विकटमा – भूगोलले तापनि,
यस्को आदिमको महान गरिमा – अल्पिन्न कैह्लै पनि–।।१।।

भाषा उद्गम केन्द्रविन्दु पनि हो – मेरो सुदूरपश्चिम,
ड्यौडा–फाग र चैत दुःख सुखका – गाथा महा अग्रिम–
मेरो पश्चिम प्रान्त उच्चतहको – मानिन्छ देवाटवी,
आफ्नै संस्कृतिले कला कुशलले – बेग्लै छ यस्को छवि–।।२।।

‘जोरायलका चण्डेश्वर, (शार्दूलविक्रीडित छन्द)

यो हो द्वापर कालको शिव शिला – फुट्लिङ्ग प्राकृतिक,
गर्थे प्राचिन चण्डकौशिक ऋषी – आफ्नो तपस्यादिक–
यी हुन् रक्षक लोकका सकलका – संहारकर्ता पनि,
छन् है साम्ब र पार्वती सहितका – ती सिद्घि दाता यिनी–
।।१।।
जोरायेल हुँदा जलाशय अघी – क्यै थ्यैन बस्ती जव,
खोले पाण्डवले जलाम्य नगरी – ठूलै गरी पौरख–
बस्ती योग्य भयो धरातल यहाँ – मारी जरासन्ध त्यो,
साँक्षी स्कन्द पुराण बोल्छ अघिको – घट्ना सवै सत्य हो–
।।२।।
चन्कट्टे निर खेत जोति रहँदा – फाली हलाको गड्यो,
जम्मै रक्त प्रवाहभै धरणिमा – राताम्यता झन् बढ्यो–
सोध्दा ज्योतिष देवताहरु सवै – भन्थे नि चण्डेश्वर,