यामदास घायल ‘सन्तलाल’को गजल संग्रह ‘कुहिरो भित्रबाट’ विमोचित
‘स्थापित स्रष्टा र सर्जकलाई सम्मान ! नवोदितलाई प्रोत्साहन !!” नाराको साथ प्रत्येक महिनाको दोस्रो शनिबार हुँदै आएको तामाङ स्रष्टा समाजको नियमित मासिक साहित्यिक कार्यक्रम अन्तर्गतको८५औं अङ्कमा यामदास घायल ‘सन्तलाल’को गजल संग्रह ‘कुहिरो भित्रबाट’ विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
तामाङ स्रष्ट समाजका आयोजनामा गरिएको विमोचन कार्यक्रममा साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका मातृभाषा बिभागका प्रमुख श्रवण मुकारुङ प्रमुख अतिथ्य रहेको थियो ।

