Skip to content

नविन दाहाल

निर्वाण चाहन्छ ऊ

के चाहन्छ ऊ ?
आनन्द चाहन्छ,
यो सामान्यभन्दा अति सामान्य जीवन छोडेर मुक्तिको मार्ग चाहन्छ,
परम्परागत जीवन जिउने शैलीको परिवर्तन चाहन्छ,
विचार विहीन मन र सोच शून्य दिमागको अवस्था समाधि चाहन्छ,
जन्म, जीवन र मृत्युको यथार्थ बोध गर्न चाहन्छ,
प्रेम, यौन, रमाइलो र तृप्तिभन्दा टाढा टाढा जान चाहन्छ,
दु:खमोचनका अष्ठांगिक मार्गमा हिँड्न चाहन्छ,
यम, नीयम, आसन, प्राणायाम, प्रत्याहार, धारणा,ध्यान र समाधि चाहन्छ,
राग, द्वैष, मोह र अविद्याबाट मुक्त भई निर्वाण चाहन्छ उ,
मोक्ष चाहन्छ ऊ ।।

nabeendahal.blogspot.com

जीवन एक सुन्दरता र मृत्यु एक सत्यता

हरेकले आफ्नो जन्मसँगै मृत्यु पनि लिएर आएका छन् । त्यही मृत्यु कसैका लागि चाँडो त कसैका लागि ढिलो आइदिन्छ । हर जो कोहीलाई पनि मृत्युसँग डर नै लाग्छ तर यसको अर्थ आत्महत्या गर्नेहरू निडर र बहादुर हुन् भन्ने पनि हैन । आत्महत्या त जीवनको बोध गर्न नसक्नेहरूले, मानसिक संकुचनका रुग्णहरूले जीवनप्रति गर्ने अपराध हो, त्यसैले त धार्मिक ग्रन्थहरूमा पनि ‘आत्महत्या महापाप हो ‘ भनी लिपीबद्द गरिएको छ ।

प्रेम, एक सपना र ऊ

आज पनि त्यही टुँडी खेल छेउको लिस्नो क्याफेमा मलाई नै कुरेर बसिरहेकी थिई उ, हुन त उसको र मेरो फेसबुके चिनजान भए पनि व्यवहारमा हामी वर्षौँका साथी जस्ता, भेटघाटको इतिहास पनि खासै लामो थिएन, दुई हप्ता अघि ईलाम अस्पतालमा अप्टोमेट्रिष्टको रुपमा उसको नियुक्ति भएर ऊ यहाँ आए पछि, तेस्रो भेट थियो यो ।

म हतार हतार उसको नजिक पुगेँ । उसको अघि टेबलमा कफि रित्याइसकेका दुई वटा खाली कप थिए । मलाई लाग्यो धेरै समय पर्खाएँछु । म के बोलुँ सुझिरहेको थिएन ।