Skip to content

जिन्दगीको क्यान्भासमा


अनन्त र निराकार आकाशलाई
जब जून र ताराहरुले उज्वल जीवन दिन्छन्
बादलले रंगीन तुल्याउँछ
त्यतै कतै
म खोज्छु तिम्रो आकृति,

उडिरहेको यो आवाजविहीन गतिशील
हावामा
जब नाचिरहन्छ एउटा सुकेको पात
म सुन्छु
तिम्रो स्वासजस्तो एउटा पातलो ध्वनि,

जब वर्षिन्छन् वर्षामा बर्खे झरीहरू
म देख्छु
हात जोडेर रुझ्दै दौडिरहेको हाम्रो आकृति,

तिमी चुपचाप र दूर छौ यो संसारभन्दा
अथाह कल्पनामा डुब्न नसकी तैरिरहेको म कोर्छु
एउटा संसार जिन्दगीको क्यानभासमा जहाँ ओईलाएको एउटा फूल,
एक जोर आशातित आँखाहरू र पर्खाईका पाइलाहरू ।

nabeendahal.blogspot.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *