नमीन ढकाल
अन्तराष्ट्रिय महिला दिवस: व्यवहारमा शुन्य
आज १०७ औ अन्तर्राष्ट्रिय नारी दिवस । महिला हक अधिकार र महिला मुक्तिको लागि हरेक वर्ष ८ मार्चका दिन विश्वभर यो दिवस मनाइने गरेको छ । सर्वं प्रथम पहिलो पटक १९ मार्च १९११मा अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको प्रमाण भेटिन्छ । पहिलो पटक तत्कालीन पर्सियाका राजाले १९ मार्च १८४८का दिन महिलालाई मतदानको अधिकारको घोषणा गरी समानताको अधिकार प्रत्याभुत गरेका कारण यो दिवस मनाइएको थियो तर विविध कारण नियमित हुन सकेन र सन १९१३ देखी हरेक वर्ष ८ मार्चका दिन अन्तर्राष्ट्रिय नारी दिवस मनाइदै आएको पाइन्छ । संयुक्त राष्ट्र संघले सन १९७५मा मेक्सिको सिटीमा पहिलो सम्मेलनको आयोजना गरी सन १९७७बाट महिला अधिकार तथा अन्तर्राष्ट्रिय शान्ति घोषणा गरेको थियो । सन २०१७ को लागि #BeBoldForChange भन्ने नारा राखिएको छ ।
