आनन्द
मीरा
हो मीरा अब म बोलाउँदिन । थाहा छ गहारो छ तर पनि म बोलाउदिन ।
कसैप्रति म यति नजिक भएको यो नै पहिलो पटक होइन । तर पनि मैले मेरो परिधि बिर्सेको छैन । मलाई मेरो सीमा थाहा छ र विश्वास गरमा त्यो सीमाना नाघ्ने छैन । र, हो तिमीबाट पनि भाग्ने छैन । भन्नलाई त यहाँ सबथोक छ, कमी छ त केवल एउटा साथ । एउटा हात जो सधैं सधैलाई एक अर्काको सहारा बन्ने छन्, हाँस्नेछन् रुनेछन् अनि कहिले अँझ नजिक त कहिले अलिक टाढा हुनेछन ।
