उसलाई देशभक्तिले छुदैन
नेताको पछि पछि नि हुदैन
न त देश बनाउने रहर छ
भन्छ बिगार्न पनि हुदैन
न साहस छ रगत बगाउन
न आँटी छ दुश्मन भगाउन
देशको एउटा कुनामा
एउटा सानो झुपडी
अनि रोटीको खोजमा हिडेको
दुई खुट्टा अब रोकिए सदाका लागि
भुइँमा अब लम्पसार छन्
काग कराउन थाले
खोजीनीति भयो
चुकचुकाउने ओठको ओइरो
दिन यस्तै बित्यो मध्यरातसम्म
खैलाबैले चलिरायो
आज नयाँ विषय, वाद विवाद
रात छिप्पिदै गयो
रातसँगै बात पनि
बिहानी नयाँ घामको झुल्को
अनि नयाँ कहानी, नयाँ दौड
खै अब त ऊ पुरानो भैसकेछ
इतिहास त्यो नि कसैले नसम्झने
अनि के फाइदा यस्तो इतिहास बनेर
आखिर के काम ?
के फाइदा खोक्रो राष्ट्रियता
अनि बोक्रे सरकारको
खोक्रो राष्ट्रियता अनि बोक्रे सरकारको
