केशव राज खनाल
विजय थापाः सलाईका काटी र क्यान्भास
मध्य दिन, नेपाल ललितकला संस्था (नाफा)को कौशीमा राणाकालिन दरबारको एक खोपी भित्र रेडियोमा मधुर सङ्गति बज्दै थियो । विजय थापा साग धेरैपल्ट विभिन्न कार्यक्रममा भेट भैरहन्थ्यो तर खासै राम्रो चिनजान थिएन । पेन्टिङ्गमा प्रयोग गरिने सलाईको काटी बारे निकै उत्सुक्ता थियो । कहिले स्वधर्मी कहिले विधर्मी रङ्ग र तुलिकाघात -(ब्रश स्ट्रोक) को रहस्य जान्ने उत्सुक्ताले नाफामा पुर्याएकोे थियो । क्यान्भासमा घोरिएर काम गर्दै गर्दा विजय थापालाई नमस्कार शब्दले झस्काएछ क्यार उहाा हऽऽऽ भन्दै पछाडी र्फकनु भयो अनि सम्वाद सुरु भयो । जिज्ञासा सागै विजय दाईका ब्रश र मुख सागसागै चल्दै थिए ।
