Skip to content

एकल यात्री

नदाइएको बहर

किनारामा छोडी मलाई, तर्यौ नहर अाखिरीमा
पागल बनाइ मायामा पस्यौ सहर अाखिरीमा

सपना थिए सात जूनी उकाली अोराली गर्ने
कट्यौ सात डाँडा फेर्यौ अाफ्ना रहर अाखिरीमा

लाखौं ताराहरूमा एउटै जून थिए पहिले
बढेछ पखेटा गर्यौ उड्ने ठहर अाखिरीमा

सायद म कता पुग्यो कता तिम्रो अाधुनिकता
ठहरिएछु म नदाइएको बहर अाखिरीमा

सरकार

गरिबका कर्मठ पाखुरा गलेछ सरकार
निमुखाका सुखद दिन ढलेछ सरकार

आयो पापी दशै वर्षदिनमा दशा बनी
टुहुरा ती बालकको मन जलेछ सरकार