Skip to content


गरिबका कर्मठ पाखुरा गलेछ सरकार
निमुखाका सुखद दिन ढलेछ सरकार

आयो पापी दशै वर्षदिनमा दशा बनी
टुहुरा ती बालकको मन जलेछ सरकार

चाहना हुन्छ सबको राम्रो खाने लाउने
फाँडोलाई कष्टले चुलो बलेछ सरकार

थियो तन र मन साथमा, नहुदा धन
थाहै नपाइ समयले छलेछ सरकार

Leave a Reply

Your email address will not be published. Required fields are marked *