गेहेन्द्र अधिकरी
यात्रा कालि(महाकाली )को तीर
भाडाभरिका सपनाहरू
सत्यतामाथी लागेको दागहरुको बिपना
शितको आशीर्वाद सङ्गैको बिहानि झुल्को
पारी डाडामा डुब्न लागेको सुर्यको रातो प्रकाश
जस्ले तातोपनाको आड भन्दापनि रातका
ती अनगिन्ती सपनाहरूको संत्रास फालिरहेकोछ।
हिजो र आज अनि भोलि सपना फरक भएपनि
ती दाग मेटाउने भावना अनिद्राको साथ भैरहेकोछ।
खण्डखण्ड परेको दार्जुला जहाँ म
कालि(महाकाली )को पुर्बी मुहानमा बसि सुकेको आत भिजाउन चाहान्छु।
व्यास मन्दिरमा दर्शन गरि
कालापानीको शिरमा बसि मन लाग्ने गित गुनगुनाउन चाहान्छु।
लिपु भञ्ज्याङ् मा स्वतन्त्र भै बास्ना छरिरहेका ती अन्जान फुलहरुसङ्ग मितेरी लगाउन चाहान्छु।
को हौ तिमी?
को हौ तिमी?अस्ति हिजो अनि आज तिमी मेरो मानसपटलमा छाइरहेकी छौ ।लाग्दैछ तिम्रो र मेरो भेटले अनगिन्ती यादहरु सगालेकाछन तर खै मलाई त्यो क्षण याद छैन हामी भेटेको ठाउँ याद छैन मात्र तिमी याद छौ ।साझमा आफ्नो बासस्थान फर्कन लागेको बनचरी जस्तै आतुर छु अनि अनगिन्ती कौतुहलताका साथमा म अस्ति पनि काटे हिजो पनि र आजपनी तर भोलि बिहानको सुर्योदयमा तिमिसङ्गका हरेक पलहरु याद गर्ने साहस राख्छु तर खै अधेरी रातको कहिले जुनेलि त कहिले कालो रातमा सम्झनाका बाटोहरु पछ्याउँदै जादा म तिमिबाट टाढा भएको पाउछु। फेरि मिलन होस् भन्ने चाहान्छु तर खै यो कहिल्यै सफल भएन। यहाँ दिन हप्ता महिना गरि बर्षहरु फेरिदै जान्छन् तर दिन उस
लकडाउन
देशमा लकडाउन लागिरहेछ।
ज्यान जोगाउनको लागि
आज म एउटा बन्द कोठालाई आफ्नो संसार मानिरहेछु।
घरपरिवारको सम्झना मात्र यो
हात्केलामा भएको मोबाइलले पूरा गरिदिएको छ।
मामको लागि कामको खाचो पर्ने यो शहरमा
काम नहुदा पेटले पनि माम नखोजिदिए हुन्थ्यो जस्तो लाग्छ।
शहर शान्त छ आमा ,बिल्कुलै गाउँ जस्तै
तर यो मनमा अशान्तिको दियो बलिरहेकोछ।
पैसाले सबथोक किन्न नसकिने भएपनी
आज मलाई अलिकति मानवता किन्न मन छ।
तर आमा मेरो आवाज त भाडा,नगद,गरिब सुन्दैमा मथ्थर
हुन्छ ।
सकभर नहिड्नु
बाहिर हिड्दा माक्स लगाउनु भन्छन्,
तर के गर्नु!
एक किलो चामल बराबरको पैसा दुईदिन माक्स लगाउदा जाने रैछ ।
कपडाको मास्क बाडेका थिए धन्न त्यो पाएको छु।
यताको चिन्ता धेरै नगर दुखम सुखम पालिने कोशिस गर्नेछु।
साँझ बिहान
खरानिको मस्को लगाउन कसौंडी समातेकि मेरो आमाले
फोनमा
बाबु ग्यास छ छैन?
सरकारले आधी सिलिन्डर ग्यास बितरण गर्छ रे बेलैमा बुझ है भन्छिन्।
आफू फुफु गर्दै आगो बाल्ने मेरि आमा रेडियोबाट भनेका खबरको ख्याल गर्छिन ।
बारीमा साग उम्रेकाछन , कान्लाको सिप्लिगान पलाएको छ।
गुन्द्रुक र ढिडो खाएर भएपनी यताको जीवन त कट्छ बाबु तलाई पो गारो हुने भो भन्छिन् ।
बिहान अनि साझको गाँस भन्दा उनलाई मेरो चिन्ता छ।
बुबाले; पिर नगर जानेबुझेको छ ,आफ्नो ख्याल गर्छ भनी आमालाई सम्झाउनु हुन्छ छेउबाट।
मोबाइलमा पैसा हाल्ने कार्ड पाइएको छैन।
ल राखे है!
फोन गर्दै गरेस।
आफ्नो ख्याल गर्नु है भनी हर बिहान अनि साझ भन्ने गर्छिन।
साइँलोले पनि फोन गरेको थियो ।
यहाँ हरकोहि क्वारेन्टाइन भन्छन्,
आफ्नो देश फर्किने भन्छन् ।
मलिन अनुहारको जमातमा
आमा! तिम्रो छोरो जस्तै यहाँ सयौ आमाका छोराहरु
मातृभुमी आइ क्वारेन्टाइनमा बस्न पाए ,
टाइममा खाना खान त पाइदो हो भन्दै आफुले तिरेको रेमिटेन्सको कुरा गर्छन् ।
देश सम्झिन्छन गाउँठाँउ अनि बाध्यता
चाहाना देश फर्कने नै छ तर
अब आशामात्र बाकी छ भन्दै थियो।
कान्छो बोर्डर पारीबाट “बाध्यता थियो नि यहाँ आउने
तर अब गाउँमा जाने एउटा रहर बुन्दापनि
आउने बाटो पाइएको छैन।
पारी पट्टी देखिएको गाउँलाई हेरेर मन भारी हुन्छ ।
आफ्नो देशको दशगजालाई नियालिरहेकोछु ।
गाउँमा आए त ठेट्ना मकै खाएर भएपनी गुजारा चलाइन्थ्यो।
यहाँ चाउचाउ र चिउरा पाउन पनि मुस्किल छ।
खै चेकजाँच गर्ने कुरा छ आमा गरेसी आउन देलान् नि भन्छ।
हरदिन आमाको बोली बाबु खाना खाइसबाट
आफ्नो ख्याल गर ,बाटो खुलेपछि आइज है भैरहेको हुन्छ।
समाचारसङ्गै मनमा आउने त्रासले
हरकोहिको मन त बहकाउन सक्छ
तर खै मानवताको मुल्यसुची बन्छ बन्दैन ।
पिँजडामा थुनिएको छ मानवजाती ,
हर मठ,मन्दिर,मस्जिद ,चर्च अनि गुम्बाहरु आज शान्त छ ।
तर मनको अशान्ति
हिजो बित्यो आज सकिन लाग्यो साँझको सुर्यास्त र भोलिको सुर्योदयसंगै त्यो भिडभाड सडकको दायाँबायाँ ठक्कर खाई
हिड्ने बाताबरण चाडै आउनेछ।
कलंकीबाट ओरालो लागेको बसमा झ्यालबाट पुष्टकारिको मोलमोलाइ गरि अनगिन्ती यादहरुको भारी,
र खुसी बोकि अवस्य आउनेछु आमा!
(* तिमि शब्दको प्रयोग भावना र आशयसङ्ग जोडिएको )
*स्वस्थ रहौँ, सुरक्षित रहौँ र सजग बनौँ।
केही मुक्तकहरु
मुक्तक(१)
कुनै ढुङ्गा मन्दिरमा छ कुनै बगरमा,
कुनै फुल शिरमा छ त कुनै पतकरमा,
तिमी र म यकै मानव प्राणी नै हौ,
तर तिमी कहा छौ म कहाको बस्तिमा।
मुक्तक(२)
सायद तिमिले भुलेउ कि रिसाईछौ हो अचेल,
देख्दिन त फेसबुक इन्स्टामा कता छौ हो अचेल, बिरामी पो परेउ कि आइडि पो बदलेउ कतै,
तिम्रै गुड नाईटले निदरी आउथ्यो तेहि मेसेज कुरि बस्छु म अचेल।
मुक्तक(३)
मरुभूमिमा तड्पियको प्यासी हु म, तिम्रै लागि मर्ने पागल प्रेमि हु म,
उडिरहेको हवाईजहाज
परिवारमा खुसी आउदैछ भनु या छाडिदैछ
एकातिर साहुको ऋणको ब्याज थपिदैछ
त अर्कोतिर मेरो मनको बोझको भारी,
जिबनको कुनै सपनालाई धित मार्दै
ठूलो पिलेन चढ्ने सपना र
त्यो सपनापछिको संसारमा डुल्दै
टोलाउदैछु,साथिसङ्गीमाझ रमेको त्यो रात
र गाउको सम्झना गर्दै
हेर्दै पटकपटक आकाशमा उडिरहेको हवाईजहाज।
रोईरहेकीछिन आमा,मलिन अनुहारमा छन बाबू
रसायका नयनमा सम्हाल्दैछिन आँसु पियसि
र सोध्दैछन छोराछोरी मम्मी बाबा कहाँ जानुभको?
“नयाँ नयाँ नाना र मिठी लिन पर जानुभको
भन्दै फकाउदैछिन रोइरहेका छोराछोरी
देखाउदै आकाशमा उडिरहेको हवाईजहाज
देखाउदै उडिरहेको हवाईजहाज।
कैयौं सपनाहरुमाझ
तिमी बदलिएछौ
यो परिवर्तनशील दुनियाँ र यहाँको रफ्तारमा
सुशङ्ख्य र दुरुभास गति यन्त्रले तिमीलाई परिवर्तन गरिदिएछ आज
तिम्रो त्यो खोज गर्ने बानी मारिदिएछ आज
तिम्रा ती तेजिला आँखामा कुनै पारदर्शी छेकबार
नलगाई देख्न छाडेछौ सामान्य दुरिका अक्षर
दुईहातका बुढी औलाले नै तिमी संसार देख्न थालेछौ
तर जसले संसार देखाइदियका थिए आज उनैलाई भुलेछौ
