Skip to content

को हौ तिमी?अस्ति हिजो अनि आज तिमी मेरो मानसपटलमा छाइरहेकी छौ ।लाग्दैछ तिम्रो र मेरो भेटले अनगिन्ती यादहरु सगालेकाछन तर खै मलाई त्यो क्षण याद छैन हामी भेटेको ठाउँ याद छैन मात्र तिमी याद छौ ।साझमा आफ्नो बासस्थान फर्कन लागेको बनचरी जस्तै आतुर छु अनि अनगिन्ती कौतुहलताका साथमा म अस्ति पनि काटे हिजो पनि र आजपनी तर भोलि बिहानको सुर्योदयमा तिमिसङ्गका हरेक पलहरु याद गर्ने साहस राख्छु तर खै अधेरी रातको कहिले जुनेलि त कहिले कालो रातमा सम्झनाका बाटोहरु पछ्याउँदै जादा म तिमिबाट टाढा भएको पाउछु। फेरि मिलन होस् भन्ने चाहान्छु तर खै यो कहिल्यै सफल भएन। यहाँ दिन हप्ता महिना गरि बर्षहरु फेरिदै जान्छन् तर दिन उस्तै हुन्छ ।याद उस्तै हुन्छ, तिम्रो याद बढे झै लाग्छ तर खै तिमिसङ्गको भेट नै याद नहुदा म तिमिलाई कहिले बसको झ्याल,कलेजको गेट,कक्षा कोठाका बेन्च डेस्क,बगैंचा,… ,गल्लिहरुमा भएको पाउछु ।हर यादमा तिमी यक अन्जान बनी आउछौ तिम्रो नाउँको प्रतीक्षा गराउछौ ।त्यो एकदिन म तिमीसङ्ग हुन्छु अनि भोलि तिमिसङ्गको याद केहिमात्र हुन्छ र कल्पनामा फेरि अरु कोहि, तिमिसङ्गै भेट्न चाहान्छु ;फेरि बातचित गर्न चाहान्छु त्यहीँबाट जहाँ हामी हिजो छुट्टिएका थियौ।खै किन तिमिलाई सम्झन खोज्छु तर सक्दिन ।फेरि तिमिजस्तै कोहि भेट्छु तर न तस्बिर यादमा हुन्छ न भएका बातहरु न ठाँउ! रातमा साटिएका नम्बरहरु सोसियल मिडियाका एकाउन्टहरु कैद गरिएका तस्बिरहरु जब बिहान हुन्छ खै कता हराउँछ। तिमिले पनि भुलेउ होला तिमिपनी याद गर्न चाहान्छौ होला ,एकाएक भेटिएका हामी केही क्षणलाई बर्षौ पुरानो सम्बन्ध बनाउछौ अनि एकएक टाढिन्छौ ।यस्तो सम्बन्ध जसको न मिलन थाहा छ न भएका कुराहरु न तस्बिर हेरेर दुखी हुनुपर्ने न तिम्रो परिचय न मेरो खै हामी कस्तो अन्जान यात्री बनेउ। सबचिज सोधखोज गरेर पनि केही थाहा नभएको न कोर्न मिल्ने तिम्रो अनुहार! न सजाउन मिल्ने ती कैद गरिएका तस्बिरहरु ! न सम्झिएर रुनु पर्ने, न हास्नुपर्ने ! यात्रा धेरै लामो थियो,यात्राको सुरुवात मा साटिएका एकाउन्ट अनि नम्बरहरु मलाई त सम्झना भएन सायद तिमिलाई पक्कै भएन ।यदि भएको भए हाम्रो भेट फ़ेरि हुनेथियो।लामो यात्रा कम समय न मलाई तिमी को हौँ भन्ने थाहा भयो न तिमिलाई नै म को हु भन्ने!

Leave a Reply

Your email address will not be published. Required fields are marked *