Skip to content

आकाश घर्ती क्षेत्री

बिचरी जुन

केही भन्नै मन
डाहारुपी नजरले हेर्दै,
सहानुभूति व्यक्त गरिएकी;
बिचरी! जुनलाई !

खोज्दै हिडिरहेको
फिजाई पङ्ख
मृत्युप्रयत्न
केवल चिन्नको लागि
बासना केको हो?

अपूर्ण माग

शब्दालङ्कार
भाषा बोलेर
लाचार बनाउनु छैन
त्यो भगवानलाई
जसले मेरो
महिनौं, हप्तौं, दिनहुुँ,
अनि घन्टौं, मिनेट, सेकेन्ड र निमेसैपिच्छे गरेको!
प्राथना भित्र लुकेको वेदना नसुनेर;
चुपचाप बसिरहयो ।