Skip to content


शब्दालङ्कार
भाषा बोलेर
लाचार बनाउनु छैन
त्यो भगवानलाई
जसले मेरो
महिनौं, हप्तौं, दिनहुुँ,
अनि घन्टौं, मिनेट, सेकेन्ड र निमेसैपिच्छे गरेको!
प्राथना भित्र लुकेको वेदना नसुनेर;
चुपचाप बसिरहयो ।

हर-दिन हर-रात
भिक्षुले भिक्षाको
शिष्यले शिक्षाको
भोगिले भोजनको
अनि रोगीले उपचारको
आशा र अपेक्षा गरेसरी
मैले पनि मरिमेटी गरिरहे
कामना भगवानसँग
केवल उनकै स्वाथ्य दीर्घायुको

तर
किन सुनिदिन्थ्यो ?
त्यो निर्दयी, पापी, स्वार्थी
अनि यमराजी र रावनीय प्रवृत्तिले भरिएको
अदृश्य भगवानले..
यो गरिब, निमुखा
भक्तको;
निस्वार्थी प्राथना!!

साएद
भूल गरे-
म आफैले माग्नमा…
मैले त हिरा-मोती माग्नु थियो,
सुन-चादी माग्नु थियो,
सुख- शान्ति माग्नु थियो,
अनि विलासिता खुशी र प्रमुख राजभार माग्नुपर्ने थियो
र अनि मात्र त बल्ल पूरा हुने थिए यी मागहरू ••

अफसोच
यस्ता नाजायज चाहनाहरू ….
कहिल्यै उब्जिएन मनमा;
किनभने ?
“हिरा र नम्बरी सुन बराबर चमकदार,
‘उनकै मुहार लाग्छ।”
“चादी र मोतीको झिलझिल आवाजले पनि,
‘उनकै पाइलाको स्पर्सलाई दाक्छ।”
“बस् … हताइ सारा स्वार्थीपनहरू ••
‘यो मनले केवल उनकै साथ माग्छ।”
अनि, कसरी पूरा हुन्छन् त मेरा यी प्राथनाहरू ?
है ..
जो आम-मानव बिरोधी छन् ।

आकाश घर्ती क्षेत्री
काठमाडौं- नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *