Skip to content

अर्जुन दुलाल

ArjunDulal

म बालक हुँ

म त सिक्दछु ज्ञान नयाँ पनले
गर प्यार सधैं भरनै सबले
ममता मनमा म सजाउँदछु
अति तिक्ष्ण छ बुद्धि म बालक हुँ

म रमाउँछु है सब बालपना
म बनाउँछु है अँझ खेल नयाँ
अब सिक्नुछ है अँझ ज्ञानहरू
मन निश्चल छन् म त बालक हुँ

छिमेकी मित्रलाई मेरो पत्र

भुमिका ढुङ्गा र माटो जस्तै
हातका नङ्ग र मासु जस्तै
तिमी र म दुबै एक
अर्काका परिपुरक हौँ
म बुद्धको छोरो
तिमी गान्धीको छोरो
बुद्ध र गान्धी दुबै अहिंसावादी
निस्पक्ष र अहिंसावादी सोच छन्
सह अस्तित्वका भावना छन्
बुद्ध र गान्धीका बिचारमा
हो मित्र, बुद्ध र गान्धीको जस्तै
निस्पक्ष र अहिंसावादी होस्
सहअस्तित्वमा अडिग रहोस्
हामी दुबैको मित्रता !!

तर किन मेरा पुर्खाले बनाएका
जगहरु भत्काउदै

नेपाल यो स्वर्ग हो

नेपाल यो स्वर्ग हो : ( कविता )

नेपाली जगका सु संस्कृति अझै चम्किरहेछन् यहाँ
जन्मे बुद्ध यहीँ बढीकन अहो सत्मार्गको खोजमा
के बोल्छौ अब हे महान जन हो होच्याउँदै देश यो
पल्टाऊ इतिहास बुझ्न सहजै नेपाल यो स्वर्ग हो
!!१!!

आमाकै मनमा म देख्दछु सँधै अगाध छन् प्यार ती
जन्मन्छन् सय अप्सराहरु यहीँ छक्याउने ईन्द्र नी
खानीनै छ यहाँ सबै जगतका शान्ती र सौन्दर्यको
सेताम्मे हिमशैलको छ धरती नेपाल यो स्वर्ग हो
!!२!!

गुम्बा मन्दिर चर्च छन् सब यहाँ सुधर्मका देवल
विश्वैको मन खिच्न सक्दछ धनी नेपालले केवल

ArjunDulal

जहाँ दु:ख त्यहाँ रेडक्रस

बग्दा भेल यहाँ कुनै विपतको उद्धारमा लाग्दछन्
जल्दा त्यो झुपडी विपन्न जनको स्याहारमा जाग्दछन्
खाँचो पर्छ कतै भने रगतको सञ्चारमा रेड्क्रस
जुट्दैछन् सब दु:खमा पनि सँधै उद्धारमा रेड्क्रस
!!१!!

जय हे जननी

न छ स्वार्थ कतै न घमण्ड कतै
उनका मनमा रछ शान्त जतै
अति निश्चल छन् सब प्रेमहरु
उनको कसरी म बयान गरुँ
!!१!!

सब शिक्षकका पनि शिक्षक हुन्
सब बालकका पनि पुस्तक हुन्
सब मन्दिर छन् उनकै मनमा
अलमल्ल त यो कविता छ यहाँ
!!२!!

म त माग्दछु यै अघि सर्न सकौँ
सुविवेक सधैँ भर छर्न सकौँ
अझ कष्ट भए सब मेट्न सकौँ
मनले म सधैँभर देख्न सकौँ
!!३!!

अति सङ्कटमा पनि धैर्य गरि
भन लौ न मुमा हिँडछौ कसरी ?
नभका सब जून प्रकाश तिमी
जगकी गहना जय हे जननी
!!४!!