Skip to content

न छ स्वार्थ कतै न घमण्ड कतै
उनका मनमा रछ शान्त जतै
अति निश्चल छन् सब प्रेमहरु
उनको कसरी म बयान गरुँ
!!१!!

सब शिक्षकका पनि शिक्षक हुन्
सब बालकका पनि पुस्तक हुन्
सब मन्दिर छन् उनकै मनमा
अलमल्ल त यो कविता छ यहाँ
!!२!!

म त माग्दछु यै अघि सर्न सकौँ
सुविवेक सधैँ भर छर्न सकौँ
अझ कष्ट भए सब मेट्न सकौँ
मनले म सधैँभर देख्न सकौँ
!!३!!

अति सङ्कटमा पनि धैर्य गरि
भन लौ न मुमा हिँडछौ कसरी ?
नभका सब जून प्रकाश तिमी
जगकी गहना जय हे जननी
!!४!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *