संगीता थापा (गंगा)
जसरी जिन्दगी
जसरी पनि जिउनु पर्छ जिन्दगी
दिल भरिका चोट लिएर पनि
आफ्नो दुख पाइताला मुनि राखेर
तेति मात्र कहाँ हो रइज्जेत समेत ढाकेर ।
दुख लुकाउँदै खुसी मात्र देखाउँदै
आई पर्ने बाधा अर्चन सबै हटाउँदै
दुखिलाई साथ दिँदै सुखिलाई मात्र हात दिँदै
जिउनु पर्छ जन्दगि ।।
हाँसो अनि खुसी अरुलाई दिएर
दुखका आँसु सबै आफैँ पिएर
नि स्वार्थ दिल लिएर
जिउन सक्नु पर्छ जिन्दगी ।।
अपाङ्ग
सबल छोराछोरि पनि बाङ्गा हुने डर
असुरक्षित जीवन बन्छ कस्को गर्नु भर
आफ्नैसँग जन्मियका कहाँकाहाँ पुग्छन्
आफ्नो भने आउँछे आमा भन्दै दैलो ढुक्छन् ।।
अपाङ्ग हो तिम्रो बच्चा सबले सोध्ने गर्छन्
अलि पर पुगेपछि पापि रैछे भन्छन्
कस्ता कस्ता कुरा काट्छन् समाजमा सबले
एक पछि अर्को गर्दै ब्याथा मात्रै थप्ने ।।
देखावटि कठै भन्ने मनमा डर राख्ने
हाम्रा बच्चा नजिक परे दौडिएर भाग्ने
बच्चा देखि बुढासम्म सबैडराइ दिने
अपाङ्ग त छँदै छन् है खोसि के छ लिने ।।
आफू हिँड्न सक्या हुन्नन् अरु डराइ दिन्छन्
आत्मा विश्वस पनि यिन्ले सबै खोसि लिन्छन्
अपाङ्गको अभिभावक बनी हामी हिँड्दा
अहिलेकाे पिरति खै के हाे
ढिँडाे पनि पाेलेर खाकै हाे
चाेखाे मायाँ पनि लाकै हाे
माेबाइल सुबिधा थियन
हामिलाइ भाग्गेले दियन ।
मेलापात पनि धाकै थियाै
असारे गीत नि गाकै थियाैँ
पहिलाकाे पिरति बलियाे
अहिलेकाे पिरति खै के हाे ।।
पहिलेकाे पिरति दिगाे थियाे
अहिलेकाे पिरति खै के हाे
बिग्रेकाे मायाँ भत्केकाे चाल
कतिकाे भाछ याहाँ बेहाल ।।।
बिग्रेकाे मायाँ भत्केकाे चाल
कतिकाे भाछ याहाँ बेहाल
पर्नु पिर पर्यो
देउरालि उकालि चडेर
जीवनभर सङ्घर्स गरेर
तैपनि टुँगोमा ज्यान छैन
पर्नु पिर पर्यो मलाई पर्नु पिर पर्यो ।
दिन र रात गन्दैमा
केही होलाकि भन्दैमा
सबैले भन्लान् कस्तो मन
खल्तीमा छैन चाहेको धन ।।
पर्नु पिर पर्यो मलाई पर्नु पिर पर्यो
सोचाइमा गलतमै हुँला
सबैको हुन्न उस्तै मन
दिन दुखिको सेवानै
ठान्छु मैले ठुलो धन
पर्नु पिर पर्यो मलाई पर्नु पिर पर्यो ।।।
दोबाटो
दोबाटोमा पर्यो जिन्दगी, यता जाऊँकी उता,
सही बाटो रोज्न सकिन क्यारे मता परें अलपत्र ।
दोबाटोमै पर्यो युद्ध मेरो, बिना हतियार ढालें क्यारे सेरोफेरो,
त्यसैले हो कि आज यतिखेर दुःखमा साथ दिने कोही छैन मेरो ।
यो अबिनाशी दोबाटो हो, कहिल्यै पनि मेटिएन,
यहाँबाट हिड्दा थाकिसकें अँझै लक्ष्य भेटिएन ।
दोबाटोमै दिन बिते दोबाटोमै रात,
आज त्यही दोबाटोमै, म बनेको छु अनाथ ।
दोबाटोले मानिसलाई अल्मल्याइ/रुवाई/झुकाइ दिन्छ,
कता लाग्ने भन्ने सोचाइमा भर पर्ने हो तर निराश मात्र हात लाग्छ ।
अठोट एउटा लिएर अघि बढ्दा बाधाहरू अनेकौं आइलाग्छ,
किन बाँचे म ? बाँचेर के नै गर्न सकैं भन्नु पर्दो रहे छ ।
