Skip to content

talakhu

हातेमालो केन्द्रद्वारा सञ्चालित दिवा सेवाका बालबालिकाहरूको एक चिनारी

काठमाडौं, बुढानीलकण्ठ, पासिकोट क्षेत्रमा बौद्धिक अपाङ्गता भएका वालबालिकाहरू घरमै कोचिएर बस्ने बाध्यतालाई मध्यनजर गरेर यस केन्द्रले स्थापनाकाल देखि नै केही गर्ने मनसाय राखेको यहाँहरुलाई स्मरण गराउन चाहञ्छु । केन्द्रले निम्न आर्थिक अवस्था, यातायातको असुबिधा, अभिभावकबाट आफ्नो बालबालिकाको समस्या पहिचान गर्न नसकेको अवस्था आदिको कारणले गर्दा यस ठाउँमा नै दिवा सेवा सञ्चालन गर्नु पर्ने बाध्यता भएको छ । सामान्य बालबालिका हुर्के, बढेपछि आफै खाने, एक्लै वा समूहगतरुपमा विद्यालय जाने आउने तथा आफ्नो सुरक्षा आफै गर्न सक्छन् भने उल्टो यस्ता बालबालिकाहरुको सम्पूर्ण रेखदेख व्यवस्था गर्नु पर्ने हुनाले यो कदम चाल

बौद्धिक अपाङ्गता, यसको लक्षण र व्यवस्थापन

बौद्धिक अपाङ्गता भनेको के हो ?

सामान्यतया शरीरको कुनै अङ्ग नहुनु वा कुनै अङ्गले काम नगर्नु आँशिक अपाङ्गता वा शारिरिक अपाङ्गता हो भने बौद्धिक अपाङ्गता भनेको पूर्ण अशक्त हो । बौद्धिक अपाङ्गता भएका बालबालिका तथा युवाहरुको जन्मजात नै मष्तिस्कको राम्रो विकास भएको हुँदैन वा भएर पनि ठिकसँग काम गरेको हुँदैन । यस्तो हुनका विविध कारणहरुमा प्राकृतिक, अनुवांसिक वा जैविक कारणले गर्दा हो भन्ने कुरा प्रमाणित भैसकेको छ ।

BhairabKC

आदरणीय स्व. रामकुमार शर्मा प्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली !

स्व. रामकुमार शर्मा न्यौपानेको जन्म २०१० वैशाख ९ गते भोजपुर जिल्लाको गोगने गाउँमा भएको हो । वहाँको वाल्यकाल बिराटनगरमा सूर्यबहादुर थापाका ठाईंला भाइ स्व. देवेन्द्रबहादुर थापाको संरक्षणमा गंगादेवीले गर्नु भएको हो ।

स्व. रामकुमारले अध्ययनमा अर्थशास्त्र र नेपाली विषय लिएर बी.ए. गरी मास्टर अफ साइन्स इन रिर्सोस एसेसमेन्ट फर डेभेलोपमेन्ट ल्पानिङ्ग पढ्नु भई एप्रोस्क, राष्ट्रिय योजना आयोगको माननीय सदस्य, सि ए ए तथा कृषि विकास बैंकको महाप्रन्धक, स्थानीय विकास मन्त्रालयको सल्लाहकार, कृषि मन्त्रालयको अधिकृतको महत्वपूर्ण जिम्मेवारी सम्हाल्नु भयो ।

धोका

कति पाइयो धोका हरे
कति खाइयो चोट
बाँकी जीवन मस्ति गरौँ
जस्तो सुकै होस ।

के लानुर मर्दा खेरि
खालि हात जान्छौँ
धेरै छटपट किन गर्नु
यसै उसै मर्छौ मर्छौ ।

के को चिन्ता बोकिरहनु
यो मर्ने चोलामा
मरेपछि खरानी नै
बग्ने होखोलामा ।

खुसी पनि क्षणिक

मनमा जागेको खुसी पनि क्षणिक भैदिँदो रहेछ
अभागीले खाने बेला आँधी तुफान आइ दिँदो रहेछ ।

न सोचेको जिन्दगी भो हरे शिव मेरो
कुनै छेउमा खुसी छैन यत्त्रो सेरो फेरो

कस्को छ र साथ

समस्याले घेरि दिँदा कस्को छ र साथ
फिरन्ते भै घुमिरहन्छु आफ्नै बनपाखा
कहिले झर्छु ओरालि त कहिले देउरालिमा
कहिले झार्छु आँसु बाहिर कहिले सिरानीमा ।।

कति रात पुरै जागा कुनै रात सुत्छु
एक निन्दा निदायनि झस्किएर उठ्छु
दिलभित्रको चिसोपना बरफ बनी दिँदा
मरे तुल्य भएकि छु आजभोलि किन किन

जसरी जिन्दगी

जसरी पनि जिउनु पर्छ जिन्दगी
दिल भरिका चोट लिएर पनि
आफ्नो दुख पाइताला मुनि राखेर
तेति मात्र कहाँ हो रइज्जेत समेत ढाकेर ।

दुख लुकाउँदै खुसी मात्र देखाउँदै
आई पर्ने बाधा अर्चन सबै हटाउँदै
दुखिलाई साथ दिँदै सुखिलाई मात्र हात दिँदै
जिउनु पर्छ जन्दगि ।।

हाँसो अनि खुसी अरुलाई दिएर
दुखका आँसु सबै आफैँ पिएर

नि स्वार्थ दिल लिएर
जिउन सक्नु पर्छ जिन्दगी ।।

अपाङ्ग

सबल छोराछोरि पनि बाङ्गा हुने डर
असुरक्षित जीवन बन्छ कस्को गर्नु भर
आफ्नैसँग जन्मियका कहाँकाहाँ पुग्छन्
आफ्नो भने आउँछे आमा भन्दै दैलो ढुक्छन् ।।

अपाङ्ग हो तिम्रो बच्चा सबले सोध्ने गर्छन्
अलि पर पुगेपछि पापि रैछे भन्छन्
कस्ता कस्ता कुरा काट्छन् समाजमा सबले
एक पछि अर्को गर्दै ब्याथा मात्रै थप्ने ।।

देखावटि कठै भन्ने मनमा डर राख्ने
हाम्रा बच्चा नजिक परे दौडिएर भाग्ने
बच्चा देखि बुढासम्म सबैडराइ दिने
अपाङ्ग त छँदै छन् है खोसि के छ लिने ।।

आफू हिँड्न सक्या हुन्नन् अरु डराइ दिन्छन्
आत्मा विश्वस पनि यिन्ले सबै खोसि लिन्छन्
अपाङ्गको अभिभावक बनी हामी हिँड्दा

अहिलेकाे पिरति खै के हाे

ढिँडाे पनि पाेलेर खाकै हाे
चाेखाे मायाँ पनि लाकै हाे
माेबाइल सुबिधा थियन
हामिलाइ भाग्गेले दियन ।

मेलापात पनि धाकै थियाै
असारे गीत नि गाकै थियाैँ
पहिलाकाे पिरति बलियाे
अहिलेकाे पिरति खै के हाे ।।

पहिलेकाे पिरति दिगाे थियाे
अहिलेकाे पिरति खै के हाे
बिग्रेकाे मायाँ भत्केकाे चाल
कतिकाे भाछ याहाँ बेहाल ।।।

बिग्रेकाे मायाँ भत्केकाे चाल
कतिकाे भाछ याहाँ बेहाल

पर्नु पिर पर्यो

देउरालि उकालि चडेर
जीवनभर सङ्घर्स गरेर
तैपनि टुँगोमा ज्यान छैन
पर्नु पिर पर्यो मलाई पर्नु पिर पर्यो ।

दिन र रात गन्दैमा
केही होलाकि भन्दैमा
सबैले भन्लान् कस्तो मन
खल्तीमा छैन चाहेको धन ।।
पर्नु पिर पर्यो मलाई पर्नु पिर पर्यो

सोचाइमा गलतमै हुँला
सबैको हुन्न उस्तै मन
दिन दुखिको सेवानै
ठान्छु मैले ठुलो धन
पर्नु पिर पर्यो मलाई पर्नु पिर पर्यो ।।।

Sangita

दोबाटो

दोबाटोमा पर्यो जिन्दगी, यता जाऊँकी उता,
सही बाटो रोज्न सकिन क्यारे मता परें अलपत्र ।

दोबाटोमै पर्यो युद्ध मेरो, बिना हतियार ढालें क्यारे सेरोफेरो,
त्यसैले हो कि आज यतिखेर दुःखमा साथ दिने कोही छैन मेरो ।

यो अबिनाशी दोबाटो हो, कहिल्यै पनि मेटिएन,
यहाँबाट हिड्दा थाकिसकें अँझै लक्ष्य भेटिएन ।

दोबाटोमै दिन बिते दोबाटोमै रात,
आज त्यही दोबाटोमै, म बनेको छु अनाथ ।

दोबाटोले मानिसलाई अल्मल्याइ/रुवाई/झुकाइ दिन्छ,
कता लाग्ने भन्ने सोचाइमा भर पर्ने हो तर निराश मात्र हात लाग्छ ।

अठोट एउटा लिएर अघि बढ्दा बाधाहरू अनेकौं आइलाग्छ,
किन बाँचे म ? बाँचेर के नै गर्न सकैं भन्नु पर्दो रहे छ ।