ढिँडाे पनि पाेलेर खाकै हाे
चाेखाे मायाँ पनि लाकै हाे
माेबाइल सुबिधा थियन
हामिलाइ भाग्गेले दियन ।
मेलापात पनि धाकै थियाै
असारे गीत नि गाकै थियाैँ
पहिलाकाे पिरति बलियाे
अहिलेकाे पिरति खै के हाे ।।
पहिलेकाे पिरति दिगाे थियाे
अहिलेकाे पिरति खै के हाे
बिग्रेकाे मायाँ भत्केकाे चाल
कतिकाे भाछ याहाँ बेहाल ।।।
बिग्रेकाे मायाँ भत्केकाे चाल
कतिकाे भाछ याहाँ बेहाल
