Skip to content

गंगा अधिकारि

गजल

तिमी छौ मुटु भित्र, चाह केहि छैन।
दुख्नु मात्र जिन्दगी भो,आहा केहि छैन।।

अन्जनलाई बास दिँदा न सोध्यौ न रोक्यौ।
आरोप हजार दियौ, तर थाहा केही छैन।।

यो माया हो कि श्राप

यो पुन्य हो कि पाप बुझ्नै गाह्रो भो
यो माया हो कि श्राप बुझ्नै गाह्रो भो

वाहवाही पाय छ्याछ्या कमाया जोडिदा साथ तिम्रो
यो तारिफ हो कि उपहास बुझ्नै गाह्रो भो

छत्पतिन्छु डराउछु भागन खोज्छु आँफै सँग
कस्तो तडप कस्तो सन्ताप बुझ्नै गाह्रो भो

तिमी

तिम्रो प्यारो स्पर्सको याद गरी निदाइन म
तिमी आउने खुशीमा रातभरि निदाइन म

किन होल तिमी मलाई यती धेरै राम्रो लाको
मनमा यही सोच्दा सोच्दै घरीघरी निदाइन म

घ्रिणा पनि देख्छु म तिम्रै प्यार

माया गर्छु भन या गर तिरस्कर
घ्रिणा पनि देख्छु म तिम्रै प्यार
देख्छु तिमीलाई पाउछु तिमीलाई हेर्छु म जताजता
मेरो यो सन्यास तिम्रै तिम्रै यो संसार
घ्रिणा पनि देख्छु म तिम्रै प्यार
तिम्रो एक झलक देख्ने मात्र अभिलाषा मेरो
पुरा गर अभिलाषा या जन देउ बेकार
घ्रिणा पनि देख्छु म तिम्रै प्यार