Skip to content

अन्य

यस्तै यस्तै कहिलेकाही

ताल्चा मन लगाएर बस्न नसकिने
बुझेपनी उस्को कुरा मिल्न नसकिने

धेरै कुरा मनमा हुन्छन टाढा बसेपनी
सत्यकुरा बाहिर आछ्न मनै कसेपनी

बलि रहन्छ बत्ति पनि ज्योति छनजनि
स्वार्थ जीवन कतिचल्छ,जान्छ नभनि

प्राकृति को ध्वनि मिठो सगित बजेझै
अबिस्वास को आवज सुन्दा लाग्छ मरेझै

रुपले सुन्दर हुने भए किन चाहिन्छ बस्त्र
मिठास आवज एउटा दुइटा,हुन्न १६,सत्र

फलेको हागो झुकिरन्छ फल रहुन्जेल
किन गर्छौ तेरि मेरि दुइदिन बाचुन्जेल

चरित्रले कुनै कुरा कहिले लुकाउदैन
अग्लो हुन्छ सगरमाथा सिर झुकाउदैन ।।

सक्नु पर्छ

सुखमा मात्रै रमाउन सक्नेहरू
दुखमा पनि रमाउन सक्नु पर्छ
हाँसोको गहिराईमा मस्ती गर्नेहरू
आँसुको भेलमा पनि डुब्न सक्न पर्छ
एकतर्फी स्वार्थ गर्नेहरू
अरुको मन भावनालाई पनि
बुझ्नु पर्छ।

तिम्रो मेरो भेट भयो

तिम्रो मेरो गफ भयो मेरो आफ्नै गल्तिमा
तिम्रो मेरो मायाको कुरा छ अहिले निकै चल्तिमा
तिमीलाई भुल्न म कहा सक्छु र,
राखेको छु तिम्रो तस्वीर दिलको सुन्दर खल्तिमा॥

समय

समयलाई सित्तैमा पाए पनि महङ्गा काम गर्नुपर्छ अनि आफ्ना लक्ष्य र लम्केका पाइलाहरु सार्थक बन्छन् । समय अनावश्यक खर्चले अवनतिका नमिठो फल हस्तान्तरण गर्ने विडम्बना निश्चय गर्न सकिन्छ । समय बलवान् छ सर्बोच्च छ यस्तो महिमा बोकेको समयलाई आत्मसात गर्दै आफ्ना लक्ष्या तर्फ लगनशील हुने जोसुकै पनि आफ्नो गन्तब्यमा पुगेरै छाड्छ ।

सँधैभरी दु:खले पिरोलेको परें म

“गेडी”

सँधैभरी दु:खले पिरोलेको परें म
हुनेखानेहरुले छिरोलेको परें म
खोली बगर
दु:खी भन्दै हेला नगर

चाँगे – ५, ताप्लेजुङ
हाल: धरान – १०, सुनसरी

धूम्रपानको लत -त्रिचन्द्र प्रतीक्षा

टेःबहाल, न्यूरोडका ४२ वर्षीय, दीपक तुलाधरलाई प्रत्येक आधा आधा घण्टामा चुरोट सल्काउनु पर्ने लत बसेको छ । पत्रिका व्यवसायमा लागेका दीपक तुलाधर एक्लै खाली समयमा होस् वा धूम्रपान गर्ने साथीहरू आएको बेलामा होस् चुरोट सल्काएर सर्को तान्नु पर्छ, दिनभरमा कति चुरोट सल्काइन्छ त – उनी भन्छन् – ”विहान दोकान खोल्न आएदेखि बेलुकी बन्द गर्ने समयसम्ममा कम्तिमा १५ खिल्ली (एक वट्टा), बढीमा २० खिल्ली चुरोट सकिन्छ ।’’ उनले चुरोटको साथ साथै चिया पनि त्यतिनै मात्रामा पिउने कुरा गर्नुहुन्छ ।

विश्वमा नभएको कीर्तिमान नेपालमा(२)

नेपालमा मात्र खेलिने हात्ती पोलो
विश्वकै अद्भूत र अनौठो मानिने खेल ‘हात्ती पोलो’ नेपालमा मात्र खेलिन्छ ।
हात्ती माथि बसेर ‘टि’ आकारको लौरोको सहाराले सानो बललाई हिर्काएर एकले अर्कोको गोलपोष्ट तर्फ हिर्काएर खेलिने हात्ती पोलो खेल चितवनको मेघौलीमा मात्र खेलिन्छ ।
विश्वभरिमै अद्भूत र अनौठो मानिने यो खेल चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको टाइगर ट्रप्स होटेलको व्यवस्थापनमा विश्व हात्ती पोलो संघले सन् १९८२ देखि गर्दै आएको छ ।
हरेक वर्षविश्वकप हात्ती पोलोको आयोजना गरिन्छ र यसमा विभिन्न राष्ट्रहरुले भाग लिने गर्छन् ।

विश्वकै अग्लो स्थानमा अवस्थित वैज्ञानिक अनुसन्धान केन्द्र