तिम्रो प्यारो स्पर्सको याद गरी निदाइन म
तिमी आउने खुशीमा रातभरि निदाइन म
किन होल तिमी मलाई यती धेरै राम्रो लाको
मनमा यही सोच्दा सोच्दै घरीघरी निदाइन म
छिनमै खुशी छिनमै तडप के के हुन्छ आजभोलि
आफूदेखि आफैसँग दङ्ग पारी निदाइन म
प्राय देख्छु प्राय भेट्छु प्राय नयाँ होइनौ र नि तिमी
हरेक दिन झै नयाँ सोच्दै आज फेरि निदाइन म
युगौ बिते जस्तो लाग्छ केही दिन नभेट्दा नि
अनिदा यी नयनमा सपना छरी निदाइन म ।
