को दोषी ?
ब्राह्मण, क्षेत्री, बैश्य र शुद्रमा सद्भाव अनि श्रद्धाको
बन्धुबान्धव इष्टमित्रसहित आफ्ना नातागोताको
मान, मर्यादा, इज्जत र सम्मान आफ्नै रीतिले गरी
धनको मात सबैमा बढ्नाले नाना किसिम र धरी ।।
आफू बीच सधैं विवाद झगडा अनि इर्ष्या गर्नाले
हर रोज पैसा, द्वेष, अहम्पना बृद्धि हुँदै जानाले
ऐश–आराम र मोज मस्तीको अनुकरण गर्नाले
बंशैको अधोन्नति हुन पुग्यो अबुझ सठ बन्नाले ।।
