Skip to content

सुषमा मानन्धर

शहीद

त्यहाँ एउटा भव्य फोटो प्रदर्शनी भैरहेको थियो । आन्दोलन र शहीदहरुका अप्राप्य र अहिलेसम्म अप्रकाशित फोटोहरु समेत राखिएकोले निकै टाढाबाट पनि त्यो हेर्नलाई मानिसहरु ओइरीएका थिए । अरुभन्दा शहीदहरुका फोटोको सूची अलि पछाडि र निकै लामो पनि थियो ।

बत्तिमुनिको अँध्यारो

मेरो भोगाईसँग
सर्वथा अपरिचित
यो तिम्रो अनभिज्ञता
स्वाभाविक हो या
तिम्रो कुनै अभिनय
हेराई मात्रले
जहाँ अरुलाई दुख्छ
तटस्थ बनेर
घाउमा ओखति हैन
बरु नूनचूक छरेका छौ
सुकेको हाँगोमा झैं केही नउम्रने
तिम्रा सम्वेदनाहरु !

चिसो रात

निकै रात हामीले अनिंदै बितायौं
क्षणिक आ आफ्ना
अहम् तुष्टिका लागि
आँखाभित्र अग्ला पालहरु गाडी
सिंगो बल्दो रात व्यर्थ निभाएर
भित्र मुटुमा वेदना दन्काउंदै
तिमी जलिरह्यौम जलिरहें।

जून तिमी र म…मेरो अनुभूतिभित्र

जीवन न कथा हो न कुनै कविता यो मात्र एउटा भोगाइ हो, आ-आफ्नो । देखे सुनेका त्यही भोगाइलाई मानिसहरुले गीत बनाई गाएका छन् कथा बनाई अरुलाई सुनाएका छन् । कथा भनेर मैले लेख्ने कुनै टुक्रा मेरो लागि कल्पना हुन सक्छ कसै न कसैका विगत वा वर्तमानको कुनै अंश । कसैका भोगाइ पढ्नु एउटा कुरा हो, त्यसलाई महसुस गर्न सक्नु अर्को कुरा । अरुलाई महसुस गर्न भावुक मन पनि चाहिन्छ ।

जिन्दगी एउटा इनबक्स

  • by

जिन्दगी
अब एउटा इनबक्स
दिनहु आउने कैयन् इमेलहरू
परििचत/अपरििचत ठेगानाबाट
वाञ्छित/अवाञ्छित प्रवेशको चाहनासग
आकर्ष/भद्दा शीर्षकहरूमा
सम्मोहित अनि दिग्भ्रमित बनाउदै छन् ।

कोट

  • by

मेरो नाम सुराज हो । तपाईं सोच्नुहुन्छ होला कस्तो नाम हो ! आमाबुबाले आफ्नो नाम मिलाउन खोज्दा यस्तो नाम जुर्यो । मेरा नजिककाहरू मलाई ‘सु’ भन्छन् । कहिलेकाहीं त उनीहरूले यसरी बोलाउदा केटाकेटीका लागि लघुशङ्काको अर्थ लागेर हासो उठ्छ । मान्छे म भावुक छु र हाल सत्ताइसको भए ।