सुषमा मानन्धर
प्रयोग
“डाक्टर साब, मेरो छोराले खानै मन गर्दैन, खायो कि वाकवाकी गर्छ । चाँडै थाक्छ । खेल्दा पनि खेल्दैन, धेरै सुस्त भैसक्यो । के भएको हो राम्ररी हेरिदिनुस् न है ।” सुस्केरासहित बुद्धवीर थचक्क मेचमा बस्यो । उसको एक्लो छोरालाई महिना दिनदेखि सन्चो थिएन । बिरामी भएको भनेर त्यसो त बच्चो ओछ्यानमै थला परेको थिएन तर अरू बच्चाहरूले जस्तो चुलबुल गर्न भने छाडेको थियो । अघिपछि त खरायोझैँ घरभरि उफ्रेको उफ्र्यै गर्थ्यो, एकछिन चुप लागेर नबस्ने । सन्चो हुन छाडेपछि भने छोरो घरमा भएको-नभएको पत्तै हुन छाड्यो । ऊ निन्याउरो मुख लाउँदै स्कुल गएर आउँथ्यो, जसोतसो होमवर्क सकाएर पल्टिरहन्थ्यो । केही सोधे पनि मन लगाएर जवाफ फर्काउँदैनथ्यो, केवल चुप लागेर बसिरहन्थ्यो । छोराको चाला देखेर घरमा सबै आत्तिए । बुद्धवीर बढी आत्तियो । नआत्तियोस् पनि किन । एक्लो छोरा, त्यो पनि उमेर ढल्केपछि पाएको । योभन्दा अघि दुइटी छोरी उसका । जेठीको त अझ बिहे गर्ने उमेर पनि हुन थालिसक्यो ।
साथी
हतार हतार हिँडिरहेको उसले अत्यास लागेर एकपव्ट फेरि माथि हेर्यो । ऊ , … त्यो पहाडको टुप्पो । टुप्पोमा रहेको त्यो मन्दिर । ऊ त्यही पुग्नलाई हिँडेको छ । ठाडो उकालो र साँघुरो ढुङ्गे बाटोले गर्दा त्यहाँसम्म पुग्न विकट नै छ भन्ने जान्दाजान्दै पनि त्यहाँ साक्षात् ईश्वर बस्छन् र त्यहाँ पुगेपछि आफ्नो कुनै पनि कामना पूरा हुन्छ भन्ने आस्था र प्रचलित विश्वासका कारण उसले मन्दिरमा पुग्नुलाई आफ्नो गन्तव्य बनाएको छ ।
रात रहे… !
जागिर खाएको वर्षौं भैसक्यो तर उसको बढुवा भएको छैन । यसबीचमा एक दुई पल्ट बढुवाको लागि पदहरू नखोलिएका पनि हैनन् तर उसले नाम निकाल्न सकेन । अब यसलाई उसको दुर्भाग्य भन्ने हो वा म्यानेजमेन्टले नै नचाहेको, यकीन भन्न गाह्रो छ । ऊ मिहिनेती र इमान्दार छ र पनि ऊ भन्दा कनिष्ठहरूले धमाधम बढुवा खाइसके । प्रभुको लीला ठान्दै उसले आफ्नो पालो पर्खेको छ ।
नेपाल बन्द
जीवन, देशको एक ठूलो पार्टीको सक्रिय कार्यकर्ता । एक अर्थमा भन्नु पर्दा दरै हात । केही दिन अघि नै उसको पार्टीले चरणवद्ध आन्दोलनका कार्यक्रमहरू घोषणा गरिसकेको छ । त्यसै क्रममा सरकारलाई आफ्ना मागहरू पूरा गराउन दबाब दिनको लागि आज उसको पार्टीले बन्दको आयोजना गरेको हो । सरकारको पनि खै ! टायरको तातोले सडक नतताई,भिडन्त र दुइचार तोडफोड नभै कानमा बतासै लाग्दैन । जायज मागहरू पूरा गर्नु त परै जावोस्, सुनिदिने आश्वासनसम्म पनि दिंदैन ।

मेरो मन, मेरै अवयव,
किन गर्यौ काम यस्तो मुटु जलाउने
अझै पनि मेरो माया लाग्दो होला तिमीलाई